
काठमाडौँ – सिद्धार्थ बिजनेश ग्रुपले प्रभु क्यापिटलका ग्राहकलाई खाना र बास बस्न छुट दिने भएको छ।
बुधबार प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीसँग आफ्ना हितग्राहीलाई सेवामा छुट दिन व्यवसायिक सम्झौता भएको हो। बुधबारदेखि गरिएको उक्त समझौता दुई वर्षका लागि लागू हुनेछ।
उक्त सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ्ग म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन्।
सम्झौताबमोजिम सिद्धार्थ बिजनेश ग्रुप अन्तर्गतका होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफेमा सेवा लिँदा प्रभु क्यापिटलका हितग्राही ग्राहकले खाना तथा पेय पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २० प्रतिशत छुट अफर पाउने छन्।
छुट पाउनको लागि प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्फमेशन तथा परिचय पत्र देखाउनु पर्नेछ। कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको प्रभु क्यापिटले जनाएको छ।