रेड्मी १२ सी किन्दा अब छुट पाइने

रेड्मी १२ सी किन्दा अब छुट पाइने
+
-

काठमाडाैँ – शाओमीले अंग्रेजी नयाँ वर्षको उत्सवमा थप खुशी थप्न ‘रेड्मी १२ सी’को मूल्य घटाएको छ।

आफ्ना उपभोक्ताहरुलाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेड्मी १२ सीको मूल्य घटाएको शाओमीले जनाएको छ।

यसबारे बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने,’अंग्रेजी नयाँ वर्षको सुरुवात अझै उत्साहपूर्ण बनाउनको लागि रेड्मी १२ सी को मूल्यमा छुट प्रदान गर्न पाउँदा खुसी छौँ र हामी विश्वस्त छौँ कि रेड्मी १२ सीको प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गरिरहनेछ।’

मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सी ले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्ने शाओमीकाे भनाइ छ।

रेड्मी १२ सी मा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ। जसले गर्दा धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तो सुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्ने शाओमीले जनाएको छ।

मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यस फोनमा ठूलो ५,००० यमएच ब्याट्रीको साथमा ठूलो ६.७१ याच डी+ डिस्प्ले रहेको छ।रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन गरी तीन रंगहरूमा उपलब्ध छ। यो ४ जीबी/६४ जीबी र ६ जीबी/१२८ जीबी गरी दुई भेरियन्टमा उपलब्ध छ।

रेडमी १२ सी ४/६४ जीबी –वास्तविक मूल्य रु १४,४९९ र छुट मूल्य रु १२,९९९ रहेको छ। यस्तै रेडमी १२ सी ६/१२८ जीबी –वास्तविक मूल्य रु १६,९९९ र छुट मूल्य रु १५,९९९ रहेको छ।

रेडमी १२ सी देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेकाे शाओमीले जनाएकाे छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?