भारतको नाटकीय पतनसँगै पहिलो दिननै सुरु भयो दोस्रो इनिङ

भारतको नाटकीय पतनसँगै पहिलो दिननै सुरु भयो दोस्रो इनिङ
+
-

दक्षिण अफ्रिका र भारत बिचको दोस्रो टेस्ट रोमाञ्चक बनेको छ। पहिलो दिननै दोस्रो इनिङ सुरु भएको खेलमा घरेलु टोली पहिलो इनिङमा ५५ रनमै अलआउट भएपछि क्रिजमा आएको भारत राम्रो सुरुवातका बावजुत नाटकीय विकेट पतनको सिकार हुँदा १ सय ५३ रनमा अलआउट भयो।

भारतका पछिल्लो क्रमका ६ खेलाडी शून्य रनमा पेभिलियन फर्किदा भारत १ सय ५३ रनमा  समेटिएको हो। पहिलो दिननै दक्षिण अफ्रिकाले दोस्रो इनिङ सुरु गरेको छ।

१ सय ५३ रन जोड्दा पाँचौं विकेटका रुपमा केएल राहुललाई ८ रनमा गुमाएको भारतले त्यसपछि अन्य सबै खेलाडीलाई यही स्कोरमा गुमायो। अर्थात कुनैपनि खेलाडीले एक रन समेत थप गर्न सकेनन्। भारतका लागि विराट कोहलीले सर्वाधिक ४६ रन बनाउँदा कप्तान रोहित शर्माले ३९ तथा शुभमन गिलले ३६ रन जोडे। भारतका ७ ब्याटर शून्य रनमा आउट हुँदा केएल राहुलको नाममा ८ रन रह्यो।  भारतले १ सय ५३ को स्कोरमा ११ बलभित्र आफ्ना ६ ब्याटरलाई गुमाएको थियो।

दक्षिण अफ्रिकाका लागि कागिसो रबडा, लुङ्गी एनगिडीनन्द्रे बर्गरले समान ३-३ विकेट लिएका थिए। भारतका मोहम्मद सिराज भने रनआउट भएका थिए।

त्यसअघि केप टाउनको न्युल्यान्ड्स स्टेडियममा घरेलु टोली दक्षिण अफ्रिका ५५ रनमै अलआउट हुन पुगेको थियो। बुधबार सुरु भएको दोस्रो टेस्टको पहिलो इनिङमा दक्षिण अफ्रिका पहिलो सेसनमा नै अलआउट भएको थियो।

दक्षिण अफ्रिकाको सम्पूर्ण टिम २३.२ ओभर ब्याटिङ गर्दै ५५ रनमै अलआउट भयो। यो भारतविरुद्ध दक्षिण अफ्रिकाको एक इनिङमा भएको सर्वाधिक कम स्कोर हो।

यसअघि २०१५ मा नागपुरमा भएको खेलमा दक्षिण अफ्रिका ७९ रनमा अलआउट भएको थियो। घरेलु मैदानमा भने दक्षिण अफ्रिका भारतविरुद्ध २००६ मा ८४ रनमै अलआउट भएको थियो।

दक्षिण अफ्रिकी टोली भारतविरुद्ध तेस्रो पटक १०० भन्दा कम स्कोरमा अलआउट भएको हो। दक्षिण अफ्रिकालाई सस्तैमा समेट्ने क्रममा भारतका लागि मोहम्मद सिराजले ९ ओभर बलिङ गर्दै १५ रन खर्चिएर ६ विकेट लिए।

त्यस्तै, जसप्रित बुमराह र मुकेश कुमारले समान २-२ विकेट लिए। दक्षिण अफ्रिकाका लागि क्याली भेरेनाले १५ र डेभिड बेडिङ्घमले १२ रन बनाउनु दोहोरो स्कोरका रुपमा रह्यो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?