
काठमाडौं- आइसिसी टी-२० विश्वकप २०२४ को ड्र तथा खेल तालिका सार्वजानिक गरिएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले शुक्रबार सार्वजानिक गरेको ड्र मा नेपाल समूह ‘डी’ मा रहेर दक्षिण अफ्रिकासँगै श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स सँग प्रतिस्पर्धा गर्ने छ। नेपालले दुई खेल अमेरिकामा खेल्दा दुई खेल क्यारेबियन भुमिमा खेल्ने छ।
आइसीसीले शुक्रबार सार्वजानिक गरेको खेल तालिका अनुसार पहिलो खेलमा नेपालले नेदरल्यान्ड्स सँग ४ जुनमा अमेरिकाको डालसमा पहिलो खेल खेल्ने छ। त्यस्तै ११ जुनमा नेपाल र श्रीलंकाबिच अमेरिकाको फ्लोरिडामा दोस्रो खेल हुँदा १४ जुनमा सेन्ट भिन्सेन्ट (वेस्टइन्डिज)मा नेपालले दक्षिण अफ्रिकाको सामना गर्ने छ।
समूहचरणको अन्तिम खेलमा नेपालले १६ जुनमा सेन्ट भिन्सेन्ट (वेस्टइन्डिज) मा प्रतिस्पर्धा गर्ने छ। प्रतियोगिताको उद्घाटन खेल १ जुनमा अमेरिका र क्यानडाबिच डालसमा हुँदा प्रतियोगिताको फाइनल २९ जुनमा बार्वाडोसमा हुने छ।
४१ खेल वेस्ट इन्डिजमा, १४ अमेरिकामा हुने
टी-२० विश्वकप वेस्ट इन्डिज र अमेरिकाले संयुक्त रूपमा आयोजना गर्दैछ। वेस्ट इन्डिजका ६ सहरमा जम्मा ४१ खेल हुँने छन्, जहाँ तीनवटै नकआउट खेल हुने छन् । बाँकी १४ खेल अमेरिकाको न्यूयोर्क, फ्लोरिडा र डलासमा हुने छन् । वेस्ट इन्डिजका ६ सहरहरू त्रिनिदाद, गुयाना, बार्बाडोस, एन्टिगुवा, सेन्ट भिन्सेन्ट र सेन्ट लुसिया रहेका छन्हु।
भारत र पाकिस्तानका सबै खेल अमेरिकामा
टी-२० विश्वकपमा ५/५ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। भारत र पाकिस्तानलाई एउटै समूहमा राखिएको छ । आयरल्याण्ड, क्यानडा र अमेरिका पनि यो समूहमा छन्। भारत र पाकिस्तानले आफ्ना सबै खेल अमेरिकामा मात्र खेल्नेछन् ।
भारतको पहिलो तीन खेल न्यूयोर्कमा र चौथो खेल फ्लोरिडामा हुने छ। टोलीले आफ्नो पहिलो खेल जुन ५ मा आयरल्याण्डसँग, दोस्रो खेल जुन ९ मा पाकिस्तानसँग, तेस्रो खेल जुन १२ मा अमेरिकासँग र चौथो खेल जुन १५ मा क्यानडासँग खेल्ने छ ।
भारत र पाकिस्तानबीचको अन्तिम अन्तर्राष्ट्रिय खेल एकदिवसीय विश्वकपमा भएको थियो। अहमदाबादमा भएको खेलमा भारत ७ विकेटले विजयी भयो।
सुपर आठमा हरेक समूहबाट २ टोली
समूह ए, समूह बी, सी र डीमा पनि ५/५ टोली छन्। सबै टोलीले आफ्नो समूहमा ४-४ खेल खेल्ने छन् । समूह चरणको अन्त्यमा अंक तालिकाको शीर्ष २ टोली सुपर-८ चरणमा प्रवेश गर्ने छन् । यस चरणमा, ८ टोलीहरू प्रत्येक ४ को 2 समूहमा विभाजन गरिने छ। यहाँ दुवै समूहका शीर्ष २ टोलीबीच सेमिफाइनल खेल हुनेछ । सेमिफाइनलको विजेता दुई टोलीबीच जुन २९ मा फाइनल खेल हुने छ।
यस्तो छ ड्र
समूह ए : भारत, पाकिस्तान, अमेरिका, क्यानडा, आयरल्यान्ड
समूह बी : इंग्ल्यान्ड, अस्ट्रेलिया, नामिबिया, स्कटल्यान्ड, ओमान
समूह सी : न्युजिल्यान्ड, वेस्ट इन्डिज, अफगानिस्तान, युगान्डा, पपुवा न्युगिनी
समूह डी : दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश, नेदरल्यान्ड्स, नेपाल
सम्पूर्ण खेल तालिका
१ जुन २०२४ – संयुक्त राज्य अमेरिका विरुद्ध क्यानाडा, डलास
२ जुन २०२४ – वेस्ट इन्डिज विरुद्ध पपुवा न्यू गिनिया, गुयाना
२ जुन २०२४ – नामिबिया विरुद्ध ओमान, बार्बाडोस
३ जुन २०२४ – श्रीलंका विरुद्ध दक्षिण अफ्रिका, न्यूयोर्क
३ जुन २०२४ – अफगानिस्तान विरुद्ध युगान्डा, गुयाना
४ जुन २०२४ – इङ्गल्याण्ड विरुद्ध स्कटल्याण्ड, बार्बाडोस
४ जुन २०२४ – नेदरल्याण्ड्स विरुद्ध नेपाल, डलास
५ जुन २०२४ – भारत विरुद्ध आयरल्याण्ड, न्यूयोर्क
५ जुन २०२४ – पपुवा न्यु गिनी विरुद्ध युगान्डा, गुयाना
५ जुन २०२४ – अष्ट्रेलिया विरुद्ध ओमान, बार्बाडोस
६ जुन २०२४ – संयुक्त राज्य अमेरिका विरुद्ध पाकिस्तान, डलास
६ जुन २०२४ – नामिबिया विरुद्ध स्कटल्याण्ड, बार्बाडोस
७ जुन २०२४ – क्यानाडा विरुद्ध आयरल्याण्ड, न्यूयोर्क
७ जुन २०२४ – न्यूजिल्याण्ड विरुद्ध अफगानिस्तान, गुयाना
७ जुन २०२४ – श्रीलंका विरुद्ध बंगलादेश, डलास
८ जुन २०२४ – नेदरल्यान्ड्स विरुद्ध दक्षिण अफ्रिका, न्यूयोर्क
८ जुन २०२४ – अष्ट्रेलिया विरुद्ध इङ्गल्याण्ड, बार्बाडोस
८ जुन २०२४ – वेस्ट इन्डिज विरुद्ध युगान्डा, गुयाना
९ जुन २०२४ – भारत विरुद्ध पाकिस्तान, न्यूयोर्क
९ जुन २०२४ – ओमान विरुद्ध स्कटल्याण्ड, एन्टिगुआ
१० जुन २०२४ – दक्षिण अफ्रिका विरुद्ध बंगलादेश, न्यूयोर्क
११ जुन २०२४ – पाकिस्तान विरुद्ध क्यानाडा, न्यूयोर्क
११ जुन २०२४ – श्रीलंका विरुद्ध नेपाल, फ्लोरिडा
११ जुन २०२४ – अष्ट्रेलिया विरुद्ध नामिबिया, एन्टिगुआ
१२ जुन २०२४ – संयुक्त राज्य अमेरिका विरुद्ध भारत, न्यूयोर्क
१२ जुन २०२४ – वेस्ट इन्डिज विरुद्ध न्युजिल्याण्ड, त्रिनिडाड
१३ जुन २०२४ – इङ्गल्याण्ड विरुद्ध ओमान, एन्टिगुआ
१३ जुन २०२४ – बंगलादेश विरुद्ध नेदरल्याण्ड, सेन्ट भिन्सेन्ट
१३ जुन २०२४ – अफगानिस्तान विरुद्ध पपुवा न्यू गिनिया, त्रिनिडाड
१४ जुन २०२४- संयुक्त राज्य अमेरिका विरुद्ध आयरल्याण्ड, फ्लोरिडा
१४ जुन २०२४ – दक्षिण अफ्रिका विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट
१४ जुन २०२४ – न्यूजिल्याण्ड विरुद्ध युगान्डा, त्रिनिडाड
१५ जुन २०२४ – भारत विरुद्ध क्यानाडा, फ्लोरिडा
१५ जुन २०२४ – नामिबिया विरुद्ध इङ्गल्याण्ड, एन्टिगुआ
१५ जुन २०२४ – अष्ट्रेलिया विरुद्ध स्कटल्याण्ड, सेन्ट लुसिया
१६ जुन २०२४ – पाकिस्तान विरुद्ध आयरल्याण्ड, फ्लोरिडा
१६ जुन २०२४ – बंगलादेश विरुद्ध नेपाल, सेन्ट भिन्सेन्ट
१६ जुन २०२४ – श्रीलंका विरुद्ध नेदरल्याण्ड्स, सेन्ट लुसिया
१७ जुन २०२४ – न्यूजिल्याण्ड विरुद्ध पपुवा न्यु गिनिया, त्रिनिदाद
१७ जुन २०२४ – वेस्ट इन्डिज विरुद्ध अफगानिस्तान, सेन्ट लुसिया
१९ जुन २०२४ – ए२ विरुद्ध डि१, एन्टिगुआ
१९ जुन २०२४ – बी१ विरुद्ध सी २, सेन्ट लुसिया
२० जुन २०२४ – सी१ विरुद्ध ए १, बार्बाडोस
२० जुन २०२४ – बी २ विरुद्ध डी२, एन्टिगुआ
२१ जुन २०२४ – बी१ विरुद्ध डी१, सेन्ट लुसिया
२१ जुन २०२४ – ए२ विरुद्ध सी२, बार्बाडोस
२२ जुन २०२४ – ए१ विरुद्ध डी२, एन्टिगुआ
२२ जुन २०२४ – सी१ विरुद्ध बी२, सेन्ट भिन्सेन्ट
२३ जुन २०२४ – ए२ विरुद्ध बी१, बार्बाडोस
२३ जुन २०२४ – सी२ विरुद्ध डी१, एन्टिगुआ
२४ जुन २०२४ – बी२ विरुद्ध ए१, सेन्ट लुसिया
२४ जुन २०२४ – सी१ विरुद्ध डी२, सेन्ट भिन्सेन्ट
२६ जुन २०२४ – सेमी १, गुयाना
२७ जुन २०२४ – सेमी २, त्रिनिडाड
२९ जुन २०२४ – फाइनल