
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको खेलतालिका शुक्रबार सार्वजनिक गरेको छ।
क्यानले सार्वजनिक गरेको खेल तालिका अनुसार प्रतियोगिता २८ पुस देखि २० माघ सम्म काठमाडौं र भैरहवामा आयोजना हुँदै छ। प्रतियोगिताका खेलहरु टियू मैदान कीर्तिपुर मूलपानी क्रिकेट मैदानसँगै सिद्धार्थ रंगशाला भैरहवामा आयोजना हुने छ।
प्रधानमन्त्री कपका अधिकांस खेल टियू मैदान कीर्तिपुरमा हुने छ। टियू मैदानमा फाइनलसहित सर्वाधिक १८ खेल हुँदा मुलपानी मैदानमा १७ र भैरहवामा ११ खेल हुने कार्यतालिका रहेको छ।
सात प्रदेश र ३ विभागीय टिमहरु सहभागी हुने प्रतियोगिताका खेल राउण्ड रोबिन लिगका आधारमा हुने छन्। क्यानले यसअघि सेमिफाइनल दुईदिवसीय र फाइनल तीनदिवसीय गर्ने भनेको भएपनि राष्ट्रिय टिम अन्तर्राष्ट्रिय प्रतियोगितामा व्यस्त रहने कारण देखाउँदै एकदिवसीय खेल मात्र हुने बताएको छ। तालिकाको शीर्ष दुईमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्। प्रधानमन्त्री कपको शीर्ष चार टिमले आगामी चैत-वैशाखमा एलिट ट्रफी खेल्ने क्यानको वार्षिक क्यालेण्डरमा उल्लेख छ।
यस्तो छ खेल तालिका