चार पटक विश्वकप विजेता मारियोको ९२ वर्षको उमेरमा निधन

चार पटक विश्वकप विजेता मारियोको ९२ वर्षको उमेरमा निधन
+
-

ब्राजिलका फुटबल लिजेन्ड मारियो जगालोको ९२ वर्षको उमेरमा निधन भएको छ। खेलाडी र प्रशिक्षकका रुपमा ब्राजिललाई ४ पटक विश्व विजेता बनाएका जगालोको शनिबार निधन भएको हो। 

जगालो ब्राजिलले १९५८ देखी १९६२ सम्म लगातार विश्वकप जित्दा टिमका सदस्य रहेका थिए। ब्राजिलको सर्वकालिन महान पुस्ताका एक खेलाडीका रुपमा जगालो उक्त टिममा रहेका थिए। ब्राजिलको सर्वकालिन महान टिम मानिएको उक्त समयमा पेले, जर्जिन्हो र कार्लोस अल्बेर्टो लगायतका खेलाडीहरू रहेका थिए।

जगालोले पछिल्लो पटक १९९४ मा ब्राजिलले विश्वकप जित्दा कार्लोस अल्बर्टो परेराको सहायक प्रशिक्षक भएर विश्वकप ट्रफी उचालेका थिए। त्यसपछि उनी ब्राजिलको प्रशिक्षकका रुपमा रहे। उनले आफ्नो प्रशिक्षणमा ब्राजिललाई १९९८ को विश्वकपको फाइनलमा पुर्याएका थिए। तर फ्रान्ससँग पराजित हुँदै ब्राजिल उपविजेतामा चित बुझाउनु परेको थियो।

जगालो खेलाडी र प्रशिक्षकका रुपमा विश्वकप जित्ने पहिलो ब्यक्तिका रुपमा रहेका थिए। उनी पछि जर्मनीका फ्रान्ज बेकेनबाउर र फ्रान्सका डिडियर डेसच्याम्पले यो उपलब्धि हासिल गरे।

ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले ब्राजिलले महान सन्तान गुमाएको बताए। उनले भने ‘सर्वकालिन महान फुटबल खेलाडी र प्रशिक्षक हामीले गुमाएका छौं।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?