राष्ट्रियसभा निर्वाचनः गण्डकीमा एमालेको उम्मेदवारी दर्ता

राष्ट्रियसभा निर्वाचनः गण्डकीमा एमालेको उम्मेदवारी दर्ता
+
-

पोखरा- आसन्न राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा नेकपा एमालेका उम्मेदवारले उमेदवारी दर्ता गराएका छन्।

प्रदेश निर्वाचन कार्यालय, गण्डकीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर एमालेका ३ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।

अन्य क्लष्टरमा स्याङ्जाका चक्रबहादुर पराजुली, अल्पसंख्यकमा मुस्ताङका हेमन्त शेरचन र महिला क्लष्टरमा गोरखाकी सम्झना देवकोटालेले उम्मेदवारी दर्ता गराए।

गण्डकीमा राष्ट्रियसभाका अध्यक्षसमेत रहेका गणेशप्रसाद तिमिल्सिनासहित सदस्य दीपा गुरुङ र प्रकाश पन्थको कार्यकाल आउँदो फागुन २० गते सकिँदैछ।

अध्यक्ष तिमिल्सिना र गुरुङ एमालेबाट निर्वाचित भएका हुन्। पन्थ कांग्रेसबाट निर्वाचित भएका थिए।

गण्डकी राष्ट्रियसभा निर्वाचनमा ६० जना प्रदेशसभा सदस्यले मतदान गर्नेछन्। स्थानीय तहका प्रमुख, उपप्रमुख १७० जना पनि मतदाता हुन्।

निर्वाचन आयोगका अनुसार गण्डकीमा २३० मतदाता कायम भएका छन्। गण्डकीको कुल मतभार ६ हजार ४१० कायम भएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?