
पोखरा- राष्ट्रियसभा निर्वाचनका लागि गण्डकी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।
नेपाली कांग्रेसका किरणबाबु श्रेष्ठले अन्य क्लष्टर र पदमबहादुर परियारले अपांगता र अल्पसंख्यक क्लष्टरमा प्रदेश निर्वाचन कार्यालय गण्डकीमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दिए।
श्रेष्ठ गोरखा र परियार तनहुँका हुन्।
गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रकी उम्मेदवार मनरुपा शर्मा (विमला) ले महिलातर्फ मनोनयन दर्ता गराएकी छन्।
पर्वतकी विमल सहिद पत्नी हुन्।