आरती साह प्रकरणः मानवअधिकार आयोगअगाडि प्रदर्शन गर्ने तीन जना प्रहरीको नियन्त्रणमा (तस्बिरसहित)

आरती साह प्रकरणः मानवअधिकार आयोगअगाडि प्रदर्शन गर्ने तीन जना प्रहरीको नियन्त्रणमा (तस्बिरसहित)
+
-

काठमाडौँ – ललितपुरस्थित राष्ट्रिय मानवअधिकार आयोगअगाडि प्रदर्शन गर्न पुगेका आरती साहको परिवारसहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

न्याय माग्दै काठमाडौंमा बसिरहेका साहका परिवार र समर्थक तीन जनालाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो। निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए।

प्रदर्शन गर्न पुगेकाहरू ध्यानाकर्षण पत्र बुझाउन आयोग पुगेका थिए। आरतीका दाजु प्रेम साह, अभियन्ता जस्मिन ओझा र रविना श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदर्शनको क्रममा ओझा बेहोस भएकी हुन्। उनलाई अल्का अस्पतालमा लगिएको छ। अन्य दुई जनालाई परिसर ल्याइएको प्रहरीले जनाएको छ।

आरती जेठ ७ गते जनकपुरधाम उपमहानगरपालिका–९ स्थित थापाचोकमा आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। त्यसलाई माइती पक्षले आत्महत्या नभई हत्या भएको भन्दै असार १ गतेदेखि धर्ना दिँदै आएको छ।

माइतीघर मण्डलमा धर्ना बस्न निषेध गरेपछि उनीहरू रत्नपार्कको शान्तिवाटिका पार्कमा बस्दै आएका छन्। प्रहरीले पैसाको लेनदेन गरी मुद्दा कमजोर पारेको उनीहरूको आरोप छ।

आरती साहका श्रीमान् मोतीबाबु साह प्रहरी नियन्त्रणमा छन्। मंसिर २० गते सर्वोच्च अदालतले मोतीबाबुलाई पुनः पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएपछि उनलाई पुनः पक्राउ गरिएको हो।

आरतीको मृत्युपश्चात पक्राउ परेका श्रीमान् र ससुरालाई असोज १८ गते उच्च अदालत जनकपुरले दुबै जनालाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो। त्यसविरूद्ध आरतीका परिवार सर्वोच्च अदालत पुगेका हुन्।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष