
सिमकोट – स्वास्थ्य क्षेत्रमा सामाजिक सेवाका काम गर्दै आएको हेल्थ अस मेडिकल सेन्टरले यस वर्ष पनि ती कामहरुलाई जारी राख्ने भएको छ।
सेन्टरले प्रदान गर्दै आएका सेवाहरुलाई प्रभावकारी बनाउनका लागि जिल्ला अस्पतालका चिकित्सकहरु र गाउँपालिका स्वास्थ्य शाखासंगको समन्वय वैठक सो जानकारी गरिएको हो।
कार्यक्रममा सेन्टरका कार्यालय प्रमुख नारायण फडेराले हाल गरि रहेका सामाजिक सेवाका कामलाई निरन्तरता दिँदै नयाँ काम समेत गर्ने जानकारी दिए। हाल दीर्घरोगीलाई निशुल्क, खरिद मुल्य र आधा छुटमा औषधि सहयोग गर्दै आएको छ। त्यसैगरी गाउँपालिकाका स्वास्थ्य शाखाहरुलाई औषधि र उपकरण पनि सहयोग गरिरहेको छ। त्यसैगरी चिकित्सकलाई तालिमको ब्यवस्था समेत गर्ने गरिएको छ।
गाउँ–गाउँमा सेन्टरद्वारा चिकित्सक लिएर बिरामीको चेकजाँच गर्ने कार्य पनि गरिरहेको छ। त्यसैगरी बीस जना न्यून आयश्रोत भएको ब्यक्तिलाई जनही २० हजारका दरले आर्थिक सहयोगसमेत गर्दै आएको छ। जिल्लाका अन्य मेडिकल सेन्टर भन्दा औषधिको मुल्य पनि सस्तोका बिक्री गर्ने कार्य गरिरहेको छ।
उनले यी सबै कामलाई यस वर्ष पनि जारी राख्ने र थप अर्को नयाँ काम स्वास्थ्य शिबिर सञ्चालन गर्ने बताए। यो कार्यक्रम नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकामा भइरहेको छ। सेन्टरको खार्पुनाथ गाउँपालिका– ५ को ताक्ला गाउँका स्थानीय चिकित्सक हर्कसिंह भण्डारीले फाउण्डर छन्।
स्वास्थ्य संस्था सञ्चालनका लागि सबै प्रकृया मिलेर सञ्चालनमा आएको नीजि स्तरको फार्मेसीका रुपमा जिल्लामा परिचित रहेको छ। कार्यक्रममा जिल्ला अस्पतालका चिकित्सकहरुले हालसम्मका कामहरु राम्रो रहेको र यसलाई निरन्तरता रहनु आवश्यक रहेको सुझाव दिएका थिए।
कार्यक्रम सेन्टरका सल्लाहकार समितिका संयोजक राजन रावतको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा जिल्ला अस्पतालका चिकित्सक सुनिल पुजारा र सिमकोट गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीलगायतको उपस्थिति थियो।