गुल्सनको शतकमा नेपालले स्कटल्यान्डलाई हरायो

गुल्सनको शतकमा नेपालले स्कटल्यान्डलाई हरायो
+
-

काठमाडौं- ८ वर्षपछि यु-१९ विश्वकप खेल्न लागेको नेपालले आफ्नो पहिलो अभ्यास खेलमा स्कटल्यान्डलाई पराजित गरेको छ। पहिले ब्याटिङ गर्दै नेपालले दिएको २ सय ८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३.२ ओभरमा १ सय ४९ रनमा समेटिंदा नेपालले १ सय ३५ रनको जित निकालेको हो। स्कटल्यान्डका लागि उजाइर अहमदले २८ तथा एफ खानले २४ रन बनाए। नेपालका लागि तिलक भण्डारीले ३ विकेट लिंदा आकाश चन्दले २ विकेट लिएका थिए।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले अलराउन्डर गुल्सन झाले शतकीय इनिङमा सानदार स्कोर तयार गरेको थियो।  पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ८४ रनको स्कोर तयार गर्यो। युवा स्टार झाले १ सय १५ बलको सामना गर्दै १ सय १४ रनको शतकीय इनिङ खेल्दा उनलाई दिपक बोहराले ५४ बलमा ५८ रनको अविजित इनिङ खेल्दै साथ दिएका थिए।

नेपाली यु-१९ टोली आठौं पटक विश्वकपमा सहभागिता जनाउँन लागेको हो। सन् २०१६ यता भने यो पहिलो विश्वकप यात्रा हो। दक्षिण अफ्रिकी भूमिमा पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको नेपाली टोली यो पटक आफ्नो फरक अनुभव अफ्रिकी पिचमा देखाउने प्रयासमा हुने छ।

प्रतियोगिताको समूह ‘डी’ मा रहेको नेपालले न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान प्रतिस्पर्धा गर्दै छ। नेपालले प्रतियोगिताको सुरुवात २१ जनवरीमा न्युजिल्यान्डसँग खेल्दै गर्ने छ। २४ जनवरीमा पाकिस्तानसँग भिड्दा समूहको अन्तिम खेलमा २६ जनवरीमा अफगानिस्तानको सामना गर्ने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?