बालतपस्वी भनेर चिनिने बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन् पूर्वराज्यमन्त्री यशोदा लामा

बालतपस्वी भनेर चिनिने बम्जनलाई भेट्न सीआईबी कार्यालय पुगिन् पूर्वराज्यमन्त्री यशोदा लामा
+
-

काठमाडौं- बालतपस्वी भनेर चिनिने रामबहादुर बम्जनलाई भेट्न पूर्वराज्यमन्त्री यशोदा लामा सीआईबी कार्यालयमा पुगेकी छन्।

मंगलबार पक्राउ परेका बम्जनलाई केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)को टोलीले आज सर्लाही प्रहरीलाई बुझाउने तयारी गरेको छ।

उनै बम्जनलाई भेट्न आज पूर्वराज्यमन्त्री लामा सीआइबी कार्यालय पुगेकी हुन्। ०७४ सालमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी उनले आज त्यहाँ पुगेर बम्जनको बचाउ गरेकी थिइन्।

सीआईबीको टोलीसँग भेट गरी पूर्वराज्यमन्त्री लामाले बम्जनलाई आफूहरूले नै सर्लाही लैजाने प्रवन्ध मिलाइदिन अनुरोध गरेकी थिइन्। तर सीआईबीले भने आफूहरूले नै सरक्षा व्यवस्थाका साथ सर्लाही पुर्याउने आश्वासन लामालाई दिए।

यता, पक्राउ परेका बम्जनले भने कानुनी पक्रिया अनुसार जानको लागस अनुरोध गरेका छन्।

उनलाई भेट्न सीआईबी कार्यालय अगि अनुयायीको बाक्लो भीडभाड थियो। त्यसपछि प्रहरीले उनीहरूलाई हटाएको हो।

हिजो बूढानीलकण्ठको हात्तिगौंडाबाट पक्राउ परेका बमजनविरुद्ध जिल्ला अदालत, सर्लाहीबाट पक्राउ पूर्जी जारी भएको थियो। यसकारण पहिले त्यहाँ हाजिर गराउने सीआईबीको तयारी छ।

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष