काठमाडौंस्थित एसएस फाउन्डेसनले ज्येष्ठ नागरिक, एकल महिला र बालबालिकाहरूलाई न्यानो लुगा वितरण गरेको छ।
बढ्दो जाडोबाट असहायहरूलाई जोगाउने योजनासहित फाउन्डेसनले बुधबार न्यानो लुगा बाँडेको हो।

कालिमाटीस्थित डिभाइन पार्टी प्यालेसमा पालिजा: स्वाँ नेवा: पुच:को आयोजनामा न्यानो लुगा वितरण गरिएको हो।
फाउन्डेसनको सहयोगमा कालिमाटीमा १६१ जना बालबालिका, एकल महिला र वृद्धवद्धालाई राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता पशुपति शमशेर जबराले ती न्यानो लुगा वितरण गरेका हुन्।


भर्खरै
लोकप्रिय






































































































































































































