
काठमाडौँ – पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा काठमाडौँमा र्याली निकालिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसहित, राजसंस्था समर्थक विभिन्न संघ संस्थाहरुले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा र्याली निकालेका हुन्।
त्यसक्रममा बाजागाजासहित पुगेकाहरुले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरिएको थियो। हरेक वर्ष पुस २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ।
सरकारले गत वर्षदेखि पृथ्वीजयन्तीमा सार्वजनिक बिदासमेत दिने गरेको छ।
थप तस्बिरहरू: