
माेरङ – विराटनगरमा महिलाहरुको एक समूहले ३ सय ५० जना आँखा विरामीको उपचार गरेको छ। विराटनगर महानगरपालिकामा रहेको महेश्वरी महिला मञ्चको अगुवाइमा महानगरपालिकाभित्रका ४५ जना आँखाको विरामीको मोतियाविन्दु र ३ सय ५ जनाको आँखाको परीक्षण गरेको हो।
मञ्चकी अध्यक्ष पुनम राठीका अनुसार विराटनगरको रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानको सहकार्यमा आँखाको निःशुल्क परीक्षण र शल्यक्रिया गरिएको हो । उनले भनिन्, ‘विरामीको आँखाको निःशुल्क उपचारसंगै आवश्यक औषधी समेत मञ्चले निःशुल्क वितरण गरेको छ। मञ्चले लामोसमयदेखि सामाजिक कार्यमा समर्पित भएर काम गर्दै आएको छ।’
महागनरपालिका १ स्थित सयपत्री आधारभूत विद्यालयमा निःशुल्क शिविरको आयोजना गरिएको अध्यक्ष राठीले जानकारी दिइन्। आँखा शिविरमा प्रतिष्ठानकी चिकित्सक रुचि शाहसहितको टोलीले गरेको थियो। चिकित्सक शाहले पछिल्लोसमय धुवाँ, धुलोसंगै आँखामा देखिने समस्यालाई सहज रुपमा लिने हुदाँ धेरै समस्या उत्पन्न हुने जानकारी दिइन्।