लिमीको स्वास्थ्य चौकीमा हिउँदमा पनि उपचार सेवा

लिमीको स्वास्थ्य चौकीमा हिउँदमा पनि उपचार सेवा
+
-

सिमकोट – नाम्खा गाउँपालिका– ६ को हिमालपारिको गाउँ लिमीको स्वास्थ्य चौकीले हिउँदमा पनि उपचार सेवा प्रदान गरिएको छ। स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी लिमी उपचार सेवा दिइरहेका बेला न्यालु लेकमा हिमपातपछि लिमी आउजाउ बन्द हुँदा स्वास्थ्यकर्मी लिमीमै रोकिएपछि बिरामीको उपचार सेवा सुचारु भएको हो।

लिमीको हल्जी गाउँका साँङ्गे तामाङले पहिलो पटक हिउँदमा स्वास्थ्य चौकीबाट बिरामीले उपचार पाइरहेको बताए। उनले हिउँदको समयमा स्वास्थ्य चौकी सञ्चालनमा रहेपछि बिरामीलाई उपचारमा सहज भएको जानकारी दिए।

यसअघि हिउँदको समयमा स्वास्थ्यकर्मी लिमीमा नबस्ने भएका कारण स्वास्थ्य चौकी बन्द हुने गरेको थियो। उनले यसअघि स्वास्थ्य चौकी बन्द हुँदा बिरामी परम्परागत उपचार विधि र लामाबाट उपचार लिने व्यवस्था गरिएको बताए।

लिमी स्वास्थ्य चौकीका संयोजक गोर्ख भण्डारीले यस वर्ष हिउँदको समयमा पनि स्वास्थ्य सञ्चालन गरेर बिरामीलाई सेवा प्रदान गरिएको बताए।

उनले यसरी लिमीमा हिउँदमा पनि सेवा प्रदान गर्नुपर्ने कारण भने आफूहरू लिमीमा सेवा दिइरहेको समयमा न्यालु लेकमा बाक्लो हिमपात भएर बाटो बन्द भएकाले यस वर्ष लिमीमै बसेर सेवा प्रदान गरिरहेको बताए।

उनीसहित अर्का एक जना स्वास्थ्यकर्मी पनि लिमीको स्वास्थ्य चौकीमा बसेर बिरामीको उपचार गरिरहेका छन्। लिमीमा तीन गाउँ तिल, हल्जी र जाङ रहेको र हल्जीका बिरामी स्वास्थ्य चौकीमा आउने गरे पनि अन्य दुई गाउँका बिरामी चारदेखि पाँच घण्टा हिँड्नुपर्ने भएको कारण ती गाउँमा बिरामी भए स्वास्थ्यकर्मी आफैँ पुगेर बिरामीको उपचार गर्ने गरेको उनले बताए।

गाउँमा बिरामी परे स्थानीयले फोन गरेर स्वास्थ्यकर्मीलाई बोलाउने गर्दै आउनुभएको छ। पहिले नै गाउँपालिकाको स्वास्थ्य शाखाबाट औषधि लिएको कारण उपचारमा औषधिको अभाव पनि देखिएको छैन।

उनले दैनिक आठ दश जना बिरामी आउने गरेको बताउँदै यस वर्ष नाम्खा गाउँपालिकाले आम्चीबाट उपचार गर्नका लागि बजेट लगानी गर्न नपर्ने बताए। यसअघि तीन वर्ष लगातार गाउँपालिकाले हिउँदमा लिमीवासीको उपचारका लागि आम्चीबाट सेवा प्रदान गर्न बजेटको ब्यवस्था गर्ने गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?