काठमाडौँ – काठमाडौँसहित देशभरका विभिन्न स्थानमा मकर संक्रान्ति (माघी) पर्व मनाइएको छ।
आज माघे संक्रान्तिको दिन काठमाडौँको टुँडिखेलमा मगर र थारु समुदायले माघी विशेष मेला आयोजना गरी माघी पर्व मनाएका हुन्। सो अवसरमा वसन्तपुरबाट झाँकीसहित टुँडिखेलसम्म र्यालीसमेत गरिएको हो।

मेलामा माघी पर्वमा पाक्ने परिकार र थारू पहिरनले झकिझकाउ बनाएको थियो। मेलामा ढिक्री, घोंगी, माछा र गँगटाजस्ता परिकारहरु राखिएका थिए। त्यस अवसरमा थारु र मगर समुदायले आफ्नो परम्परागत नृत्यसमेत प्रस्तुत गरेका थिए।

माघी पर्वका अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि टुँडिखेल पुगेका थिए।


भर्खरै
लोकप्रिय






































































































































































































