
एएफसी एसियन कप फुटबल प्रतियोगितामा दक्षिण कोरियाले बिजयी सुरुवात गरेको छ। सोमबार साँझ भएको खेलमा कोरियाले बहराइनलाई ३-१ ले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको हो।
समूह ‘इ’ अन्तर्गत भएको खेलमा कोरियाको जितमा लि काङ इनले दुई गोल गरेका थिए। खेलमा कोरियाले ३८ औं मिनेटमा ह्वाङइन बेओमको गोलमार्फत अग्रता लिएको थियो। तर बहराइनले दोस्रो हाफको ५१ औं मिनेटमा बराबरी गोल फर्कायो। उसका लागि अब्दुल्लाह अल हसहसले गोल गर्दै खेल बराबरीमा ल्याए।
तर ५ मिनेट पछिनै लि काङ इनले पुन कोरियालाई अग्रता दिलाए। उनले किम मिन जेइको पासलाई सदुपयोग गरेका थिए। लि काङलेनै ६८ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा कोरिया ३-१ को अग्रता बनाउन सफल भयो। खेलमा टोटेनह्यामका स्ट्राइकर सन ह्युङ मिनले पनि गोलका केही राम्रा मौका बनाएपनि गोल गर्न भने असफल रहे।