देशसञ्चार चौतारीको यसपटकको संस्करणमा हामीले आइटी विज्ञ डा. अमृता शर्मा निम्त्याएका छौँ।
डा. शर्मा सूचना प्रविधि आममानिसको जिन्दगी नै भएको बताउँछिन्।
सूचना प्रविधिको उपभोगका दृष्टिले नेपाल संसारमै अगाडि भएको उल्लेख गर्दै सूचना प्रविधि उद्योगका रुपमा पनि नेपाल पछाडि नभएको बताउँछिन् उनी।
सूचना प्रविधिको अन्तर्राष्ट्रिय बजारमा भएको कमाइको ठूलो हिस्सा बाहिरै राखिने पनि स्वीकार गर्छिन् अमृता। त्यस्तै, उनी प्रविधि बेचेरै वार्षिक ६६अर्बको कमाइ नेपालले भित्र्याएको बताउँछिन् अमृता।
नीतिगत अस्पष्टताका कारण सूचनाप्रविधिबाट कमाएको ठूलो रकम बाहिरै रहने बताउँछिन् उनी। राज्यले केही समयका लागि आइटी क्षेत्रलाई संरक्षण गर्नुपर्ने उनी बताउँछिन्। ‘ससाना कुरामा नअड्की काम गर्न पायौँ भने यस क्षेत्रमा नेपाल धेरै अगाडि पुग्नसक्छ,’ उनले अन्तर्क्रियाका क्रममा भनिन्।
सूचना प्रविधिलाई निर्बाध अगाडि बढाउन राज्यका स्तरबाट विभिन्न ससाना समस्या रहेको उनी बताउँछिन्।
नेपालमा डिजिटल साक्षरता अझ नपुगेको उल्लेख गर्दै विश्वबजारमा नेपालका स्मार्ट ब्रेन रहेको तर नेपालमा तिनीहरुको उपयोग हुन नसकेको उनी स्वीकार गर्छिन्।
डा. अमृता शर्मासँग गरिएको देशसञ्चार चौतारीको पूरा अंश:

भर्खरै
लोकप्रिय






































































































































































































