मन्त्री हेरफेरको तयारी, चार मन्त्रालय नपाए सरकारबाट बाहिरिने नेकपा एसको चेतावनी

मन्त्री हेरफेरको तयारी, चार मन्त्रालय नपाए सरकारबाट बाहिरिने नेकपा एसको चेतावनी
+
-

काठमाडौँ- सत्ता गठबन्धनको एक घटक एकीकृत समाजवादी (नेकपा एस)ले सरकारबाट बाहिरिने चेतावनी दिएसँगै उसको तर्फबाट एक मन्त्री थप्न शीर्ष नेतृत्वलाई दबाब परेको छ।  हालका दुई मन्त्री र एक राज्यमन्त्रीसहित थप एक प्रभावशाली मन्त्रालय पाउनुपर्ने नेकपा एसको अडान छ। गठबन्धनको बैठकमा सोही बिषयले नै शीर्ष नेताहरुबीच नोकझोँकको अवस्था सिर्जना भएको बैठकमा सहभागी नेताहरु बताउँछन्।

नेकपा एसका एक नेताले देश सञ्चारसँग भने, ‘सत्ता गठबन्धनको बैठकमा (पुस २९) अध्यक्ष माधवकुमार नेपालले चार मन्त्रालय पाउनुपर्ने अडान राख्नुभएको थियो। उहाँको माग सुनेपछि देउवा र प्रचण्डले सम्भव नहुने आशयका अभिव्यक्ति दिनुभयो, त्यसपछि अध्यक्षज्यूले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेद्वार पछि सारेर सहयोग गर्दा चार मन्त्रालय पाउनुपर्ने र नपाए सरकारबाटै बाहिरिन समेत सक्ने चेतावनी दिनुभएको थियो। उहाँको चेतावनीपछि शीर्ष नेताहरुबीच भनाभनसम्मकै स्थिति सिर्जना भएपछि अध्यक्षज्यू बैठकको बिचमा उठेर निस्किनुभएको थियो।’

ती नेताका अनुसार नेपालले आफू बैठकबाट उठेर हिँडेपछि गठबन्धनको बैठकमा पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाललाई पठाएका थिए।

उनले भने, ‘आफू बैठकबाट बाहिरिएपछि नेता नेपालले उपाध्यक्ष र महासचिवलाई बैठकमा पठाउनुभएको थियो, बैठकमा के के कुरा भयो उहाँहरुले थप खुलाउनुभएन।’ नेकपा एसले राष्ट्रियसभा निर्वाचनको उम्मेदवारमा आफ्नो उम्मेदवार पछि सारेर कांग्रेसलाई सहयोग गरेको बुझिएको थियो।

त्यसको सट्टा नेकपा एसको मन्त्रालय थप गर्ने मौखिक सहमति भएको नेताहरु बताउँछन्। सोही सहमति स्मरण गराउने क्रममा गठबन्धनको बैठकमा माधव कुमार नेपाल झोँक्किएका नेकपा एसका नेताको भनाइ छ। गठबन्धन दलका पछिल्ला बैठकहरुमा साना दलहरुले मन्त्रीको संख्या बढाउनुपर्ने माग गरेका र कांग्रेस तथा माओवादीमा प्रभावशाली मन्त्रालय हेरफेर गर्न माग र दबाब बढेको बैठकमा सहभागी नेताहरु बताउँछन्।

राष्ट्रिय सभा निर्वाचनमा असर नपरोस् भनेर प्रधानमन्त्री प्रचण्डले नेकपा एसका एकलाई मन्त्री बनाउन लागेको बुझिएको छ।

नेकपा एसले चार मन्त्री पाउने नपाउने टुंगो नलागे पनि आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीचको तिक्तता कम होस् भनेर मन्त्री बनाउन लागेको नेकपा एसकै एक नेताको बुझाइ छ। पूर्व पर्यटनमन्त्री प्रेम आले र पूर्व श्रममन्त्री किसान श्रेष्ठमध्ये एक जना मन्त्री बन्ने सम्भावना रहेको ती नेताले बताए।

उनले भने, ‘प्रेम आलेजी र किसान श्रेष्ठजीको बढी चर्चा छ राष्ट्रियसभा निर्वाचनअघि उहाँहरुमध्ये एक जना मन्त्री बन्ने सम्भावना  छ तर गठबन्धनमा केही गडबड भयो भने भन्न सकिँदैन।’

नेकपा एसले चार मन्त्री पाउने नपाउने टुंगो नलागे पनि आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ दलहरुबीचको तिक्तता कम होस् भनेर मन्त्री बनाउन लागेको नेकपा एसकै एक नेताको बुझाइ छ। पूर्व पर्यटनमन्त्री प्रेम आले र पूर्व श्रममन्त्री किसान श्रेष्ठमध्ये एक जना मन्त्री बन्ने सम्भावना रहेको ती नेताले बताए।

यता अर्थमन्त्रालय आफैसँग राखेको कांग्रेसले गृह पनि पाउनुपर्ने अडान लिदा कांग्रेस सभापति शेर बहादुर देउवा र प्रधानमन्त्री प्रचण्डलाई सकस परेको छ।

काँग्रेसमा गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल, रामहरि खतिवडा, रमेश लेखक लगायतको चर्चा बढी छ। तर सभापति देउवा, संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता शेखर कोइराला र राष्ट्रपति रामचन्द्र पौडेलबाट सिफारिस भएका नेताहरुमध्ये को-को मन्त्री बन्छन्, अहिले नै भन्न सकिने अवस्था नरहेको कांग्रेसका एक नेता बताउँछन्।

नेपाली कांग्रेसबाट मन्त्री बन्ने लाइनमा रहेका एक नेताले नेकपा एसले चार मन्त्रालय दाबी गरे पनि उसको हैसियत दुई वा तीनमात्रै भएको बताएका छन्।

उनले देश सञ्चारसँग भने, ‘माग राख्न पाउने एउटा कुरा हो तर नेकपा एसले मागेजति मन्त्रालय नपाउन सक्छ।’ राष्ट्रिय सभा निर्वाचनमा असर नपरोस् भनेर प्रचण्ड र देउवाले राष्ट्रियसभा निर्वाचनअघि नै नेकपा एसबाट एक जनालाई मन्त्री बनाउने तयारी गरेको ती नेताको बुझाइ छ।

प्रचण्ड नेतृत्वको सरकारमा हाल माओवादीबाट उनीसहित नारायणकाजी श्रेष्ठ उपप्रधान तथा गृह, शक्तिबहादुर बस्नेत उर्जा जलस्रोत तथा सिँचाई, रेखा शर्मा संचार तथा सूचना प्रविधि, सुदन किराँती संस्कृति, पर्यटन तथा नागरिक उड्यन र शुशिला सिर्पाली ठकुरी राज्य (संस्कृति पर्यटन तथा नागरिक उड्ययन) सहभागी छन्।

कांग्रेसबाट पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षा, धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, प्रकाशशरण महत अर्थ, एनपी साउद परराष्ट्र, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या, रमेश रिजाल उद्योग वाणिज्य तथा आपूर्ति, सीता गुरुङ सहरी विकास, डिगबहादुर लिम्बु युवा तथा खेलकुद र सुरेन्द्रराज आचार्य महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री छन्।

नेकपा एस बाट बेदुराम भुसाल कृषि तथा पशुपंक्षी विकास, प्रकाश ज्वाला,भौतिक पूर्वाधार तथा यातायात र नन्दा चपाइ राज्य (भौतिक पूर्वाधार तथा यातायात) छन्।  जनता समाजवादी पार्टी(जसपा)बाट अशोककुमार राई शिक्षा विज्ञान तथा प्रविधि, वीरेन्द्रप्रसाद महतो वन तथा वातावरण, प्रमिला कुमारी राज्य(शिक्षा विज्ञान तथा प्रविधि) छन्।

डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट अनितादेवी संघीय मामिला तथा सामान्य प्रशासन, लोकतान्त्रिक समाजवादी पार्टी लोसपाबाट शरदसिँह भण्डारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादीबाट महिन्द्र राय यादव खानेपानीमन्त्री र नागरिक उन्मुक्ति रन्जिता श्रेष्ठ, भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री छन्।

गत पुस १० गते प्रचण्डको नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको दिन प्रचण्डले राम्रो ‘पर्फमेन्स’ नगर्ने मन्त्रीलाई फिर्ता हुन आग्रह गरेका थिए भने सोही आग्रह दोहोर्‍याउँदै आएका छन्।

यसले कांग्रेस, माओवादी र नेकपा एसमा बढी किचलो थपिएको छ। सत्ता गठबन्धनका अन्य दलहरुबाट राष्ट्रिय सभा निर्वाचनपछि मात्रै मन्त्री हेरफेर भएपनि नेकपा एसबाट भने चुनावअघि नै मन्त्री बन्ने धेरै सम्भावना रहेको सत्तारुढ दलका शीर्ष नेताहरु बताउँछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?