कार्टुनिष्ट मिश्रको एकल कार्टुन प्रदर्शनी सुरू (फोटो-फिचर)

कार्टुनिष्ट मिश्रको एकल कार्टुन प्रदर्शनी सुरू (फोटो-फिचर)
+
-

काठमाडौं- कार्टुनिष्ट रवि मिश्रको एकल कार्टुन प्रदर्शनी सुरु भएको छ। नयाँ बानेश्वरको एनबी सेन्टरस्थित उमोजा कफीमा मिश्रका कार्टुन प्रदर्शनीमा राखिएका हुन्।

‘डिपिक्सन’ नाम दिइएको प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन्। १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजारभन्दा धेरै कार्टुन बनाइसकेका छन्।

कार्टुनिष्ट क्लबका अध्यक्ष तथा कार्टुनिष्ट बासु क्षितिज, कान्तिपुर दैनिकका प्रधान सम्पादक उमेश चौहान, नयाँ पत्रिका दैनिकका प्रधान सम्पादक कृष्णज्वाला देवकोटा र अनलाइन खबरका सम्पादक वसन्त बस्नेतले क्यानभासमा चित्र कोरेर प्रदर्शनीको उद्घाटन गरेका हुन्।

कार्टुनलाई समाजसँग अन्तर्रक्रिया गर्ने सशक्त माध्यमका रुपमा लिएका मिश्रले समाजमा आफूले देखेका दृश्य कार्टुनमा उतार्ने गरेको बताए। उनले भने, ‘वर्तमानमा मैले देखेको समाजको दृश्य कोर्छु कार्टुनमा । यो प्रदर्शनी मैले देखेको समाजको चित्र हो।’

पछिल्लो ५ वर्षका सामाजिक, राजनीतिक घटनाक्रममाथि मिश्रले गरेको व्यंग्य समेटिएका कार्टुन उक्त प्रदर्शनीमा राखिएका हुन्।

कार्टुनलाई एकतर्फी सञ्चारमात्र नभई संवादका रूपमा स्थापित गर्न कार्टुन प्रदर्शनी गरिएको मिश्रले बताए। उनी भन्छन्, ‘कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन प्रदर्शनी आवश्यक हुँदो रहेछ। तपाईंसँग पत्रिकाको माध्यमबाट एकोहोरो संवाद गरिरहेको म यो प्रदर्शनीमार्फत् दोहोरो संवाद गर्न आइपुगेको छु।’

‘कर्नर किक’ शीर्षकमा मिश्रका कार्टुन नयाँ पत्रिकामा प्रकाशित हुन्छन्। कार्टुनलाई अखबारका पन्नाबाट प्रदर्शनीसम्म ल्याइपुर्‍याएका मिश्रले कार्टुनका लागि नयाँ जमिनको खोजिको सुरुवात गरेका छन्।

‘यो प्रदर्शनी कार्टुनका लागि नयाँ जमिनको खोजी पनि हो। अखबारका कोमल र ग्यालरीको भित्ताभन्दा पर पनि कार्टुनलाई पुच्याउने रहर हो। कार्टुनलाई थप पहुँच योग्य र सान्दर्भिक बनाउने प्रयत्न हो,’ मिश्रले भने।

मिश्र कार्टुनिष्ट क्लब अफ नेपालका महासचिवसमेत हुन्। प्रदर्शनी १४ माघसम्म चल्नेछ।

थप तस्बिरहरू:

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष