काठमाडौँ – सेतो मछिन्द्रनाथको मूर्तिको स्नान सम्पन्न भएको छ।
बिहीबार काठमाडौंँ केलटोलस्थित जनबहाः भनिने कनकचैत्य महाविहारमा मूर्तिको स्नान गरिएको हो। स्नान गरिसकेपछि कुमारीलाई सेतो मच्छिन्द्रनाथको दर्शन गराइएको थियो।
हरेक वर्ष पौष शुक्ल अष्टमीमा सेतो मछिन्द्रनाथको स्थान गर्ने प्रचलन रहेको छ।
सेतो मछिन्द्रनाथलाई वर्षा र सहकालका देवता मानिन्छ। सेतो मछिन्द्रनाथको रथलाई नगर परिक्रमा गराउनेसमेत चलन रहिआएको छ।
हरेक वर्ष चैत शुक्ल अष्टमीदेखि सेतो मछिन्द्रनाथको रथ यात्रा सुरु हुन्छ।
तस्बिरहरुः


भर्खरै
लोकप्रिय






































































































































































































