भारत एसियनकप फुटबलमा चौथो पटक समूहचरणबाटै बाहिरियो

भारत एसियनकप फुटबलमा चौथो पटक समूहचरणबाटै बाहिरियो
+
-

एएफसी एसियनकप फुटबल प्रतियोगितामा भारत उज्वेकिस्तानसँग ३-० ले पराजित हुँदै प्रतियोगिताको समूहचरणबाटै बाहिरिएको छ। समूह ‘डी’ मा रहेको भारत प्रतियोगितामा लगातार दोस्रो हारसँगै समूहचरणको अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिएको हो। यसअघि पहिलो खेलमा भारत अस्ट्रेलियासँग २-० ले पराजित भएको थियो।

कतारको अहमद बिन अली रङ्गशालामा भएको खेलमा उज्वेकिस्तानले पहिलो हाफमा गरेको तीन गोल भारतलाई हराउन पर्याप्त बन्यो। खेलको चौंथो मिनेटमै उज्वेकिस्तानले अबोसबेक फैजुल्लेभको गोलमार्फत अग्रता बनाएको थियो। १८ औं मिनेटमा इगोर सर्गेभले उज्वेकिस्तानको अग्रता दोब्बर बनाउँदा तेस्रो गोल पहिलो हाफको इन्जुरी समयमा शेरजोद नसरुल्लाभले गरे।

दोस्रो हाफमा खेलमा फर्किने प्रयास गरेपनि भारत गोल गर्न असफल भयो। लगातार दोस्रो हारपछि भारत अङ्क तालिकाको पुछारमा रहेको छ। समूहमा अस्ट्रेलिया ६ अंकसहित नकआउटमा पुग्दा उज्वेकिस्तानले पनि ४ अंक जोड्दै नकआउटचरणको सम्भावना बलियो बनायो। भारतको अन्तिम खेल सिरियासँग हुने छ। सिरियालाई हराएपनि भारतले नकआउट चरणमा स्थान बनाउन सक्ने छैन्।

भारतीय टोलीले एसियन कप पाँचौं पटक खेलेको हो। जसमा टोली लगातार चौथो पटक समूह चरणबाटै बाहिरियो। यसअघि भारतले २०१९, २०११, १९८४ र १९६४ मा प्रतियोगिता खेलेको थियो। प्रतियोगितामा भारतीय टोलीको अहिलेसम्मकै उत्कृष्ट प्रदर्शनका रुपमा सन् १९६४ मा भएको एसियन कपलाई लिने गरिन्छ। जहाँ टोली दोस्रो स्थानमा रहेको थियो। तर त्यसपछि चार पटक एसियन कप खेलेपनि नकआउटचरणमा स्थान बनाउन भारत सफल भएको छैन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?