काठमाडौं महानगरको सहयोगमा आरसीटीले ग्रासरुट फुटबल गर्ने

काठमाडौं महानगरको सहयोगमा आरसीटीले ग्रासरुट फुटबल गर्ने
+
-

काठमाडौं-काठमाडौं महानगर पालिकाको सहयोगमा अन्नपूर्ण आरसीटीले ग्रासरुट फुटबल ट्रेनिङको आयोजना गर्ने भएको छ। अर्को सातादेखि सुरु हुने प्रशिक्षण कार्यक्रम कम्तीमा छ महिना चल्ने छ। प्रशिक्षण प्रत्येक शनिबार र बिदाका दिन सञ्चालन हुने छ। यसमा आठ देखि १४ वर्षसम्मका बाल बालिकाले भाग लिन सक्ने जनाइएको छ।

यो ट्रेनिङका लागि सय जना प्रशिक्षकको सहभागिता रहने छ। प्रशिक्षक एनसेल फुटबल मैदान ‌लैनचौर र बाँसबारी खेल मैदान बाँसबारी गरेर दुई स्थानमा बालबालिकालाई अभ्यास गराउने छन्। ‘हाम्रो उद्देश्य फुटबल खेलाडी उत्पादन गर्नु नै हो। कुनै पनि देशमा फुटबल विकासका लागि ग्रासरुट स्तरको प्रशिक्षणको महत्व सर्वाधिक रहन्छ।’अन्नपूर्ण आरसीटीका अध्यक्ष सुरेशकाजी शाक्यले भने।

उनले थपे, ‘नेपाली फुटबलमा काठमाडौं उपत्यकाका खेलाडी उपस्थिति कम हुन थालेकोमा यो ट्रेनिङले त्यसको पूर्तिका लागि मदत गर्ने विश्वास छ। यस प्रशिक्षणले भविष्यमा नेपाली फुटबलकै लागि अब्बल दर्जाका खेलाडी उत्पादन गर्न मदत पुग्ने पनि विश्वास गरेका छौं।’ प्रशिक्षण कार्यक्रमको नेतृत्व वरिष्ठ प्रशिक्षक विराटकृष्ण श्रेष्ठले गर्ने छन्।

यस्तै उनको प्रशिक्षण समूहमा हरिओमन श्रेष्ठ, चेतनारायण श्रेष्ठ, अर्जुन लामा,  प्रकाश बैद्य, सुरेश शाही र डामोदर सिल्पकार पनि रहने छन्। प्रशिक्षणमा सहभागी हुनेको बिमा पनि गरिने छ। घरेलु नेपाली फुटबलका सबैभन्दा सफल र लामो इतिहास भएको अन्नपूर्ण आरसीटीले औपचारिक रूपमा ग्रासरुट ट्रेनिङको आयोजना गर्न लागेको यो पहिलो पल्ट हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?