
काठमाडौँ – माइतीघर मण्डलामा लगाइएको निषेधाज्ञा हटाउन माग गर्दै सत्तारुढ दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघले प्रदर्शन गरेको छ।
कांग्रेसको शेखर कोइराला पक्षधर विद्यार्थीहरुले माइतीघरमै पुगेर प्रदर्शन गरेका हुन्। यसअघि आजै संस्थापननिकट विद्यार्थीले पनि माइतीघरको निषेधाज्ञा हटाउन माग गर्दै विरोध प्रदर्शन गरेका थिए।
प्रदर्शनको क्रममा १४ जना पक्राउसमेत परेका छन्।