न्युजिल्यान्ड विरुद्ध संकटमा नेपाली इनिङ, सय रन जोड्दा गुमायो आधा खेलाडी

न्युजिल्यान्ड विरुद्ध संकटमा नेपाली इनिङ, सय रन जोड्दा गुमायो आधा खेलाडी
+
-

काठमाडौं-आइसीसी यू-१९ विश्वकप अन्तर्गत पहिलो खेलमा नेपाल न्युजिल्यान्ड विरुद्ध कमजोर देखिएको छ। नेपालले १ सय रन बनाउँदा आफ्ना ५ खेलाडी गुमाएको छ। आधा खेलाडी पेभिलियन फर्किएसँगै नेपाली इनिङ संकट तर्फ उन्मुख भएको छ।

नेपालका लागि ओपनर अर्जुन कुमालले एक छेउबाट इनिङ समालेपनि अर्को तर्फबाट लगातार विकेट पतनले टोली संकटमा परेको हो।  कुमालले ४८ रन बनाएर खेलिरहेका छन्। ओपनर दिपक बोहरालाई रन नजोड्दै शुन्य रनमा गुमाएको नेपालले त्यसपछि आकाश त्रिपाठीलाई पनि २ रनमा गुमायो।

त्यसपछि क्रिजमा आएका कप्तान देव खनाल र कुमालले तेस्रो विकेटका लागि केहि समय टोली समालेपनि खराब सट खेल्दै खनाल ३६ रनमा आउट भए। लगतै उतम थापा शुन्य रनमा पेभिलियन फर्किदा राष्ट्रिय टिमको समेत अनुभव बोकेका गुल्सन झा पनि २ रनमै आउट हुँदा नेपाल फराकिलो हार तर्फ उन्मुख भएको छ।

३ सय ३ रनको लक्ष्य पछ्याएको नेपाली इनिङलाई धरासायि बनाउने क्रममा न्युजिल्यान्डका लागि मासोन क्लार्क, म्याट रोइ, एवाल्ड स्रेयुडर, ओस्कार ज्याक्सन र ज्याक कुमिङ्गले समान १-१ विकेट लिएका छन्। त्यसअघि  स्नेहिथ रेड्डीको १ सय ४७ रनको शानदार अविजित शतक तथा कप्तान ज्याक्सनको ७५ रनको मद्दतमा न्युजिल्यान्डले ३ सय २ रनको उच्च स्कोर बनाएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?