होटल स्क्वायरका सञ्चालकविरुद्ध कारबाही माग गर्दै पीडित पक्षद्वारा प्रदर्शन‍(तस्बिरहरू)

होटल स्क्वायरका सञ्चालकविरुद्ध कारबाही माग गर्दै पीडित पक्षद्वारा प्रदर्शन‍(तस्बिरहरू)
+
-

काठमाडौँ- ललितपुरको होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा घाइते भएका सजिलमान शाक्यको घटनामा होटल पक्ष दोषी रहेको भन्दै पीडितका आफन्त तथा शुभेच्छुकहरुले मंगलबार जावलाखेल प्रहरी कार्यालयअगाडि प्रदर्शन गरेका छन्।

घटनाको पाँच महिनापछि बल्ल यस प्रकरणमा होटलकी सञ्चालिका ललिता भण्डारी देवकोटा पक्राउ परेकी छन्। ललितपुर जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि देवकोटाले प्रहरीमा आत्मसमर्पण गरेकी थिइन्।

घटनामा संलग्न रहेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएकी रोमी अर्याल भने फरार छन्। देवकोटा अर्यालकी सासु हुन्।

प्रहरीले घटनाको अनुसन्धानका क्रममा तदारुकता नदेखाएको भन्दै पीडित पक्षले मंगलबार प्रदर्शन गरेको हो।

क्रममा  सञ्चालिका ललिता भण्डारी देवकोटाले आत्मसमर्पण गरेकी छन् । जिल्ला अदालत ललितपुरबाट पक्राउ पुर्जी जारी भएसँगै भण्डारीले आत्मसमर्पण गरेकी हुन् ।

ललितपुर महानगरपालिका वडा नम्बर- ३ मा रहेको होटल स्क्वायरको स्विमिङ पुलमा पौडी खेल्दा मानभवनका सजिलमान शाक्य गम्भीर घाइते भएका थिए । भदौ १४ मा घाइते भएका उनी अहिले पनि अचेत अवस्थामा छन् ।

होटलका सञ्चालकहरु विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको छ । भदौ १४ मा दिउँसो ३ बजेर ३० मिनेटमा स्विमिङ पुलमा करेन्ट फैलिएर ४१ वर्षीय सजिलमान घाइते भएको उनका परिवारजनले जानकारी दिएका छन्।
पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’