
काठमाडौँ – नेपाली सेना दिवस–२०८० को अवसरमा फोटो तथा युनिट प्रदर्शनी गरिएको छ।
नेपाली सेनाको मुख्यालय जंङ्गी अड्डा परिसरमा प्रदर्शनी मंगलबारदेखि सुरु भएको हो। नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले ‘नेपाली सेना फोटो तथा युनिट विशेष प्रदर्शनी–२०८०’को आयोजना गरेको हो।
माघ १३ गतेसम्म चल्ने प्रदर्शनी निःशुल्क अवलोकन गर्न सकिनेछ। मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले पनि प्रदर्शनी अवलोकन गरेका छन्।