देशसञ्चार चौतारी : भाग-२८

नेता कमसेकम राजा महेन्द्रजस्तो हुनुपर्छ…

+
-

देशसञ्चार चौतारीको यसपटकको संस्करणमा हामीले अभिनेत्री करिश्मा मानन्धरलाई निम्त्याएका छौँ। २०४४ मा सार्वजनिक भएको सिनेमा ‘सन्तान’देखि अहिलेसम्म लगातार सिनेमा क्षेत्रमा कुनै न कुनै रुपमा भूमिका निर्वाह गरिरहेकी करिश्मा बीचको केही वर्ष अमेरिका भासिइन्।

‘अमेरिका छँदा भने मैले आफूलाई खोक्रो महसुस गरेकी थिएँ,’ उनले आफ्नो पाताल प्रवास सम्झिन्।

आफ्नो आध्यात्मिक व्यक्तित्वबारे अहिले आफैँलाई थाहा हुन थालेको उल्लेख गर्दै करिश्मा आफू एक्लै बस्न रुचाउने बताउँछिन्।

हरेक मानिसले आफूलाई पूर्णता दिन चाहने र आफू पनि त्यहीमध्येको एक मानिस भएकाले आफूले सिक्न चाहेको उनी बताउँछिन्।

‘राज्यको दबाबले आत्मदाह र आत्महत्याजस्ता घटना बढी घटित भएका छन्,’ उनले अन्तर्क्रियाका क्रममा भनिन्।

कलाकारिताका क्षेत्रमा आफूले भोगेको समस्यालाई सामान्य रुपमा लिने बताउँदै करिश्माले भनिन्- ‘समाज अहिले झन् जटिल हुँदै गइरहेको छ, साना साना विषयमा मानिसले आत्महत्या गर्न थालेको छ।’

कुराकानीका क्रममा करिश्माले आफूले १४ वर्षमा उमेरमा लिएको पहिलो सटदेखि राजनीतिमा लाग्दाका सन्दर्भहरु पनि सम्झना गरेकी छन्।

माओवादी द्वन्द्वलगायतका विषयका कारण आफ्नो फिल्म ‘बाबुसाहेब’ नचलेपछि आफू अमेरिका भासिएको उनले बताइन्।

आफूलाई सडकको एउटा रुख पनि काटेको थाहा हुने बताउँदै उनले आफूले समाजलाई नजिकबाट  चिनेको बताइन्। आफूलाई हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ र राजेश हमाल नेपाली सिनेमा क्षेत्रका मन पर्ने कलाकारहरु रहेको उनले बताइन्।

राजनीतिमा भेदभावको संस्कृति रहेको उल्लेख गर्दै उनले अन्य क्षेत्रका मानिसहरुलाई लिडरसिपले महत्त्व नदिने तीतो सत्य पनि व्यक्त गरिन्।

करिश्मा मानन्धरसँग गरिएको देशसञ्चार चौतारीको पूर्ण अंश:

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?