
काठमाडौं- काठमाडौं महानगरले न्युरोड क्षेत्रमा पार्किङ निषेध लगाएपछि लाभग्राहीहरू आन्दोलनमा उत्रिएका छन्।
महानगरले मंगलबार एक सूचना जारी गर्दै त्यस क्षेत्रमा सवारी पार्किङ गर्न निषेध लगाएपछि सञ्चयकोष व्यापार भवन संघ, जमलस्थित नेपाल उद्योग वार्णिज्य संघ काठमाडौं, खिचापोखरी न्युरोड व्यापार संघलगायतले न्युरोड विशाल बजारस्थित जुद्द शालिक अगाडि विरोध प्रदर्शन गरेका हुन्।
उचित विकल्पबिना महानगरले न्युरोडमा पार्किङ निषेध गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
महानगरले धर्मपथ जुद्दशालिकदेखि इन्द्रचोक तर्फको सडकखन्ड खिचापोखरी, प्युखा, महाबौध, पाकोलगायतका छेत्रमा संचालित पार्किङ निषेध गरेको हो। प्रदर्शनकारीले करिब २ घण्टा पसलहरू बन्द गरी विरोध कार्यक्रमकाे आयाेजना गरेका हुन्।
उनीहरूले बन्द नगरेका पसललाई समेत बन्द गराएका थिए।
यता, महानगरले भने पुरानो बसपार्कस्थित काठमाडौं भ्यु टावरमा पार्किङको व्यवस्था गरिएको जनाउँदै त्यहाँ पार्किङ गर्न अनुरोध गरेको छ।
तस्बिरहरू: