नेविसंघले माघ १३ देखि तीन दिने ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स—२’ आयोजना गर्ने

नेविसंघले माघ १३ देखि तीन दिने ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स—२’ आयोजना गर्ने
+
-

नेपाल विद्यार्थी संघले माघ १३, १४ र १५ गते ‘विश्वकर्मा ब्याटल अफ टाइटन्स—२’ अन्तर्राष्ट्रिय स्तरको रोबोटिक वार प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुधवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेबिसंघले यसबारेमा जानकारी गराएको हो । प्रतियोगिता काठमाडौंस्थित दशरथ रङ्गशालामा हुने बताइएको छ । नेपालको संविधानलाई अनुशरण गर्दै प्रविधिसँग अभ्यस्त वर्तमान युग सापेक्ष नीति तथा कार्यक्रममार्फत विद्यार्थीलाई अनुसन्धान, सृजना, आविष्कारसँग जोड्ने ध्येयले प्रतियोगिता आयोजना गर्न लागिएको बताइएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नेविसंघका सभापति दुजाङ शेर्पाले प्रतियोगितामा मुख्यतः नेपाल, भारत, बंगलादेश र पाकिस्तानका १८ वटा समूहले प्रतिष्पर्धा गर्ने बताए ।

तीन दिने कार्यक्रमका लागि आएका अतिथिहरुलाई संघले खानासहित आवासको सुविधा समेत उपलब्ध गराउने उनले बताए।

यस प्रतियोगितामा प्रथम हुने समूहलाई ३.५ लाख, दोस्रो हुनेले १.५ लाख, अन्य श्रेणीमा विजयी हुनेले १ लाख प्राप्त गर्नेछन् । सभापति शेर्पाले समग्र प्रतियोगिताको नगद पुरस्कार रकम ६ लाख तय गरिएको र प्रतियोगिताको कुल अनुमानित लागत ३० लाख गरिएको बताए।

सभापति शेर्पाले प्रतियोगिताले युवा पुस्तामा क्रिएटिभ हुन सहयोग पुग्ने बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?