यू-१९ विश्वकप: श्रीलंका विरुद्ध १ सय ३४ रनको लक्ष्य पछ्याएको नामिबिया ५६ रनमै समेटियो

यू-१९ विश्वकप: श्रीलंका विरुद्ध १ सय ३४ रनको लक्ष्य पछ्याएको नामिबिया ५६ रनमै समेटियो
+
-

एकदिवसीय यू-१९ विश्वकपको समूह ‘सी’ मा श्रीलंकाले लगातार दोस्रो जित हासिल गरेको छ। बुधबार भएको ‘लो स्कोरिङ’ खेलमा श्रीलंकाले एसोसिएटेड टोली नामिबियालाई ७७ रनले पराजित गरेको हो। आफ्नो पहिलो खेलमा नामिबिया भने जित निकाल्ने सुन्दर अवसरबाट चुक्यो।

किम्बर्लीमा भएको खेलमा टस टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंका ३७.५ ओभरमा अलआउट हुँदै १ सय ३३ रनको कमजोर स्कोरमा समेटिएको थियो। तर १ सय ३४ रनको लक्ष्य पछ्याएको नामिबिया ५६ रनमै अलआउट भएपछि श्रीलंकाले झिनो स्कोरमा पनि रवाफिलो जित हासिल गर्‍यो।

श्रीलंकाका लागि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका सुपुन वाडुगेले ५६ रनको नटआउट अविजित इनिङ खेल्नु सर्वाधिक रह्यो। उनी बाहेक कुनैपनि ब्याटर समालिएर खेल्न सकेनन्। नामिबियाका लागि जाचेओ भान भुरेनले ४ विकेट लिंदा जोहानेस डि भिलियर्सले ३ विकेट लिएका थिए।

कमजोर लक्ष्य पछ्याएको नामिबियाका लागि कुनैपनि ब्याटरले गतिलो स्कोर बनाउन सकेनन्। उसका लागि दशौं नम्बरमा ब्याटिङका लागि आएका पिटीर डेनियल बिलगनउटले १८ रनको नटआउट इनिङ खेल्नु सर्वाधिक रह्यो। उनी बाहेक नवौं नम्बरमा ब्याटिङका लागि आएका हनरो बडेनहर्स्टले ११ रन बनाउनु थप दोहोरो स्कोरका रुपमा रह्यो। नामिबियाले २५ रन जोड्दा ८ विकेट गुमाएको थियो। त्यसपछि बिलगनउट र बडेनहर्स्टले केही समय नामिबियाको इनिङ समालेका थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?