यू-१९ विश्वकप: पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित

यू-१९ विश्वकप: पाकिस्तानसँग नेपाल ५ विकेटले पराजित
+
-

काठमाडौं- दक्षिण अफ्रिकामा जारी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा नेपालले लगातार दोस्रो हार भोगेको छ। बुधबार भएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भयो। नेपाललाई हराएसँगै पाकिस्तान लगातार दोस्रो जितसँगै सुपर सिक्समा प्रवेश गर्न सफल भयो। यो समूहबाट यसअघिनै न्युजिल्यान्ड सुपर सिक्समा प्रवेश गरीसकेको छ।

नेपाल यसअघि प्रतियोगिताको पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो भने पाकिस्तानले अफगानिस्तानलाई हराएको थियो। अब समूहमा अघिल्लो चरण पुग्ने तेस्रो टिमको टुंगो नेपाल र अफगानिस्तानबिच शुक्रबार हुने खेलले तय गर्ने छ। उक्त खेलमा विजयी हुने टोली सुपर सिक्समा पुग्ने तेस्रो टोली बन्ने छ।

दक्षिण अफ्रिका स्थित इस्ट लन्डनको बफेलो पार्कमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अलआउट हुँदै १ सय ९७ रन बनाएको थियो। जवाफमा उक्त लक्ष्य पाकिस्तानले १४ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गरेको थियो।

पाकिस्तानका लागि अजन अवाइसले ६३ रनको अर्धशतकीय अविजित इनिङ खेल्दा ओपनरहरु श्यामल हुसेइन र साजाइब खानले समान ३७-३७ रन बनाएका थिए। त्यस्तै अहमद हसइनले २९ रन बनाए। त्यस्तै हरोन अर्सादले १५ रनको इनिङ खलेका थिए। नेपालका लागि आकाश चन्दले ३ विकेट लिंदा दिपेश कँडेल र आकाश त्रिपाठीले समान १-१ विकेट लिएका थिए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालका लागि ओपनर विपिन रावतले सर्वाधिक ३९ रन बनाउँदा कप्तान देव खनाल २३ रनमा आउट भए। त्यस्तै दिपक डुम्रे २६ रनमा आउट हुँदा दिपेश कँडेलले १३ रन बनाए। त्यस्तै सुवाष भण्डारी २० रनमा आउट हुँदा आकाश चन्द १६ रनमा अविजित रहे।

पाकिस्तानका लागि अरफात मिनहासले सर्वाधिक ३ विकेट लिंदा अहमेद हुसेन र उवाद साहले २–२ विकेट लिए। त्यस्तै मोहम्मद जेसन र अली अस्फान्दले समान १-१ विकेट लिएका थिए। नेपाल यू-१९ विश्वकपमा लगातार दोस्रो पटक पाकिस्तान सँग पराजित भयो। नेपालले २००२ मा पाकिस्तानलाई पराजित गर्दै सनसनि मच्चाएको थियो।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?