
काठमाडौँ- निलम्बित न्यायाधीश भुवन गिरीकी श्रीमती आरती गिरी रावलले बुधबार दिएको अग्राधिकारको मागसहितको निवेदनमा तोक लागेको छ।
११ दिनदेखि शान्ति बाटिकामा आमरण अनसन बस्दै आएकी रावलएको निवेदनमा तोक लागेको हो। उनको यही माघ १७ गतेका लागि पेसी तोकिएको छ।
उनी आज बिहान करिब १०:३० बजे सर्वोच्च अदालतको गेटमा आएर बसेकी थिइन्। करिब ३ घण्टा बसेपछि दिएको निवेदनमा तोक लागेको हो।
थप तस्बिरहरू: