गैरआवासीय नेपाली संघद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

गैरआवासीय नेपाली संघद्वारा सेती प्रादेशिक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण
+
-

धनगढी – गैरआवासीय नेपाली संघले कैलालीको धनगढीस्थित सेती प्रादेशीक अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण गरेको छ।
सेती प्रादेशिक अस्पतालमा विहिवार आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघका अध्यक्ष डाक्टर बद्रि केसी नेतृत्वको टोलीले अक्सिजन प्लान्ट हस्तान्तरण गरेको हो।

सवा १ करोडभन्दा बढीको लागतमा संघले अस्पताललाई सहयोग गरेको प्लान्टको सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट साउँद र संघका अध्यक्ष डाक्टर केसीले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे। सो अवसरमा मन्त्री साउँदले सहयोगका लागि संघलाई धन्यबाद दिदै आगामी दिनमा पनि सहयोगका लागि आग्रह गरे।

प्रादेशिक अस्पतालका अध्यक्ष नरबहादुर शाहले संघको सहयोगले स्थापना भएको अक्सिजन प्लान्ट पछि अब यहाँ अक्सिजन अभावमा बिरामीको मृत्यु हुने अबस्थाको अन्त्य हुने बताए। उनले सहकार्य र समन्वयका लागि पनि संघलाई आग्रह गरे।

संघका अध्यक्ष डाक्टर बद्रि केसीले सेती र महाकाली प्रादेशीक अस्पतालमा अक्सिजन प्लान्ट सहयोग गरेको र सहकार्य गर्न संघ तयार रहेको बताए। उनले बिदेशमा बसेर पनि नेपाल आमाको गुन तिर्न सकौ भनेर विभिन्न सहयोग र सहकार्य गरिरहेको बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?