इंग्ल्यान्ड विरुद्ध पहिलो दिननै जबाफी इनिङ सुरु गरेको भारतको गतिलो सुरुवात

इंग्ल्यान्ड विरुद्ध पहिलो दिननै जबाफी इनिङ सुरु गरेको भारतको गतिलो सुरुवात
+
-

घरेलु टोली भारतले पाहुना टोली इंग्ल्यान्ड विरुद्ध राम्रो सुरुवात गरेको छ। भारत भ्रमणमा रहेको इंग्ल्यान्डले पाँच खेलको टेस्ट सिरिजको पहिलो खेलमा टस जितेर पहिलो इनिङमा २ सय ४६ रन बनायो। पहिलो दिननै जबाफी इनिङ सुरु गरेको भारतले सानदार सुरुवात गर्दै दिनको खेल सकिंदा सम्म १ विकेट गुमाएर १ सय १९ रन बनाएको छ। पहिलो दिन भारत  १ सय २७ रनले पछि छ।

हैदराबादमा सुरु भएको पहिलो टेस्टमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डका लागि कप्तान बेन स्टोक्सले ७० रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अन्य खेलाडीको प्रदर्शन भने गतिलो रहेन। जो रुटले २९ रन बनाउँदा जोनी ब्यारिस्टोले ३७ रन जोडे। त्यस्तै बेन डकेटले ३५ रन तथा ज्याक क्राउलीले २० रन बनाए। टोम हेर्थी २३ रनमा आउट भएका थिए। भारतका लागि रविन्द्र जडेजा र रविचन्द्रन आश्विनले समान ३-३ विकेट लिए। त्यस्तै अक्षर पटेल र जसप्रित बुमराहका नाममा २-२ विकेट रह्यो।

पहिलो दिननै जबाफी ब्याटिङ सुरु गरेको भारतले दिनको खेल सकिंदा सम्म १ विकेट गुमाएर १ सय १९ रन बनायो। उसका ओपनर यशस्वी जैसवाल ७६ तथा तेस्रो नम्बरमा ब्याटिङका लागि आएका शुभमन गिल १४ रनमा नटआउट छन्। अर्का ओपनर रोहित शर्मा भने २४ रन बनाउँदा ज्याक लिचको बलमा स्टोक्स द्वारा क्याचआउट भए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?