
काठमाडौं- यू-१९ विश्वकप क्रिकेट अन्तर्गत जित्नै पर्ने खेलमा अफगानिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ। नेपालले २४ रन जोड्दा ३ विकेट गुमाएको छ। टिमको स्कोर ११ हुँदा ४.२ ओभरमा १० रनको अवस्थामा अर्जुन कुमाल फरिदोन दावदजाइको बलमा बोल्ड हुँदा दोस्रो विकेटका रुपमा गुल्सन झा पनि पेभिलियन फर्किए।
कुमाल आउटभएपछि क्रिजमा आएका झालाई १२ बल खेल्दै १ रन बनाएर खलिल अहमेदको बलमा बोल्ड भए। लगतै अर्का ओपनर विपिन रावल पनि १९ बल खेल्दै २ रन बनाउँदा खालिलकै बलमा आउट भए। ८ ओभरको समाप्तीमा नेपाल पूर्ण संकट तर्फ उन्मुख भएको छ। अहिले क्रिजमा आकाश त्रिपाठी र कप्तान देव खनाल रहेका छन्। देव खनालले पहिलो बलमै जिवन दान पाएर क्रिजमा रहेका छन्।
यसअघि दोस्रो खेलमा अफगानिस्तानले न्युजिल्यान्ड विरुद्ध ९१ रन बनाएको थियो। तर कमजोर लक्ष्य भेटाउन न्युजिल्यान्डले कडा संघर्ष गर्नु परेको थियो। उसले ९ विकेट गुमाएर संघर्पूर्ण रुपमा जित निकालेको थियो। त्यसैले नेपाली ब्याटर संयमित नभए अफगानि बलरले नेपालको हातबाट खेल फुत्काउने जोखिम रहने छ।