आहा रारा पोखरा गोल्डकपः मनाङ मर्स्याङ्दीसँग जावलाखेलको भिडन्त

आहा रारा पोखरा गोल्डकपः मनाङ मर्स्याङ्दीसँग जावलाखेलको भिडन्त
+
-

पोखरा- आहा रारा पोखरा गोल्डकपमा सोमबार मनाङ मर्स्याङ्दी क्लबसँग जावलाखेल युथ क्लबको प्रतिस्पर्धा हुँदैछ। पोखरामा जारी २३ औं संस्करणको प्रतियोगिताको तेस्रो क्वार्टरफाइनल खेलमा मनाङ मर्स्याङ्दी र जावलाखेल आमनेसामने हुन लागेका हुन्।

खेल आज दिउँसो साढे २ बजे पोखरा रंगशालामा हुनेछ। यी दुईबीचको विजेताले अन्तिम चारमा स्थान सुरक्षित गर्नेछ।

जावलाखेल युथ क्लबले प्रिक्वार्टरमा मच्छिन्द्र फुटबल क्लबलाई १- ० गोलअन्तरले पराजित गर्दै अन्तिम आठको यात्रा तय गरेको हो। मनाङ मर्स्याङ्दी भने बाइ पाएर क्वार्टरफाइनलमा पहिलो खेल खेल्दैछ।

आहारारा पोखरा गोल्डकपान यी २ टोली एक पटकमात्रै आमनेसामने भएका छन्।

२०६८ सालमा पहिलो पटक सहभागी जावलाखेल फाइनलमा मनाङ मर्स्याङ्दीसँग फाइनलमा २-० गोलअन्तरले पराजित हुँदै इतिहास रच्नबाट चुक्यो। त्यसपछि हालसम्म पनि जावलाखेल उपाधिविहिन यात्रामा छ ।

मनाङ मर्स्याङ्दी यो क्षेत्रमा कुनैबेला चर्चितसँगै आहारारा पोखरा गोल्डकपको सर्वाधिक विजेता टोली हो। मनाङले हालसम्म आहारारा पोखरा गोल्डकपमा ६ पटक विजेता र ५ पटक उपविजेता भएको छ। मनाङ २०५८ सालमा भएको क्याराभान कपबाटै सहभागि भएको टोली हो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?