आहा रारा पोखरा गोल्डकप: पहिलो सेमिफाइनलमा जावलाखेल र थ्रीस्टार भिड्दै

आहा रारा पोखरा गोल्डकप: पहिलो सेमिफाइनलमा जावलाखेल र थ्रीस्टार भिड्दै
+
-

पोखरा- आहा रारा पोखरा गोल्डकपमा बुधबार जावलाखेल युथ क्लब र थ्रीस्टार क्लब खेल्दैछन्।

पोखरामा जारी २३औं संस्करणको आहा रारा पोखरा गोल्डकपको पहिलो सेमिफाइनलमा जावलाखेल र थ्रीस्टार आमनेसामने हुन लागेका हुन्।

पोखरा रंगशालामा आज दिउँसो साढे २ बजे खेल हुनेछ। थ्रीस्टार र जावलाखेल आहा रारामा तेस्रोपटक आमनेसामने हुन लागेका हुन्।

२०६८ सालको क्वार्टरफाइनलमा यी दुई टोलीले पहिलोपटक मैदान साटेका थिए।पहिलोपटक सहभागी जावलाखेलले थ्रीस्टारलाई ३-१ ले पराजित गर्दै फाइनलसम्मको यात्रा गर्न सफल भयो।

लगत्तै ११औं संस्करणमा २०६९ सालमा सेमिफाइनलमा थ्रीस्टार र जावलाखेल दोस्रो पटक मैदान उत्रिए। थ्रीस्टारले २-१ गोल अन्तरले जावलाखेललाई पन्छ्याउँदै अघिल्लो संस्करणको हारको बदला लियो।

आजको तेस्रो भेटमा सफल एक टोलीले उपाधि यात्रा तय गर्नेछ। थ्रीस्टारले हालसम्म आहा राराको ५ पटक उपाधि रक्षा गरिसकेको छ। जावलाखेल भने अहिलेसम्म उपाधिविहिन छ।

क्वार्टरफाइनलमा थ्रीस्टारले पाहुना टोली भुटानको पारो एफसीलाई हराउँदै सेमिफाइनलमा पुगेको हो ।

जावलाखेलले मनाङ मर्स्याङ्दी क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?