सुवासको अलराउन्डर प्रदर्शनका बाबजुत बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित

सुवासको अलराउन्डर प्रदर्शनका बाबजुत बंगलादेशसँग नेपाल पाँच विकेटले पराजित
+
-

काठमाडौं- दक्षिण अफ्रिकामा जारी आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपाले बंगलादेशसँग पाँच विकेटले पराजित भएको छ। बोलेमफनटेइनमा नेपालका लागि सुवास भण्डारीले अलराउन्डर प्रदर्शन गरेपनि बंगलादेससँग जित निकाल्न नेपाल असफल भयो।

टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १ सय ७० रनको लक्ष्य बंगलादेशले १ सय ४८ बल बाँकी हुँदा ५ विकेट गुमाएर पुरा गरेको थियो। बंगलादेशको जितमा ओपनर जिसन अलामले ५५ रनको अर्धशतकीय इनिङ खेल्दा अरिफुल अस्लाम ५९ रनमा अविजित रहे। त्यस्तै चौधुर एमडी रिजवान १५ रनमा आउट हुँदा आसिकर रहमान १६ तथा अर्हार अमीन १२ रनमा आउट भए। नेपालका लागि सबै पाँच विकेट सुवाष भण्डारिले लिएका थिए। नेपाललाई पराजित गरेसँगै बंगलादेशको सेमिफाइनल सम्भावना कायमै छ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै १ सय ६९ रन बनाएको थियो। नेपालका लागि प्रतियोगितामा पहिलो खेल खेलेका विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बनाउँदा कप्तान देव खनालले ३५ रन बनाए। उनीहरुले चौथो विकेटका लागि ६२ रनको साझेदारी गरेका थिए। यी दुई बाहेक कुनै ब्याटर चल्न सकेनन्। थप दोहोरो स्कोरका रुपमा ओपनर अर्जुन कुमालको १४ रन बनाउँदा शुवास भण्डारी १८ रनमा अविजित रहे।

बंगलादेशका लागि रोहनात डौलाह बोर्सनले ४ विकेट लिंदा शेख पभेजले ३ विकेट लिए। बंगलादेश प्रतियोगितामा सेमिफाइनलको सम्भावना कायम राख्न नेपाल विरुद्ध फराकिलो जितको प्रतिक्षा रहँदा नेपाल भने खेल अघिनै सेमिफाइनलको होडबाट बाहिरिसकेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?