सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुल्यो

सिञ्जामा बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुल्यो
+
-
जुम्ला –सिञ्जा गाउँपालिकाको–६ स्थित भाडगाउँको दिलौरीमा स्थापना हुने बहुप्राविधिक शिक्षालय स्थापनाका लागि बाटो खुलेको छ।
शिक्षालयलाई चाहिने जग्गा पास भएको छ।  गाउँपालिकाको लगातारको लामो प्रयासपश्चात प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी)ले स्वीकृति प्रदान गरेसँगै दिलौरीमा बहुप्राविधिक शिक्षालय स्थापनाको काम अब अगाडि बढ्ने गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिए।
हालसम्म कुल १७ हजार एक सय ६५ वर्गमिटर जग्गा प्राप्त भएको छ। बाँकी थप जग्गा प्राप्तिको क्रममा रहेको गाउँपालिकाका अध्यक्ष धितालको भनाइ छ। सिटीइभिटी सानोठिमी भक्तपुरले सिञ्जालाई बहुप्राविधिक शिक्षालय स्थापना गर्न स्वीकृति प्रदान गरेको सिटीइभिटी पोलिटेक्निक महाशाखाका निर्देशक देवेशचन्द्र देवकोटाले जानकारी दिए।
भौतिक पूर्वाधार निर्माण तथा आर्थिक सुनिश्चितता सरकारले गर्नेगरी आङ्गिक शिक्षालयका लागि औपचारिकरूपमा जग्गा पास भएको गाउँपालिकाका सूचना अधिकारी मित्रलाल धितालले जानकारी दिए।
सरकारले आफ्नै लगानीमा शिक्षालय स्थापना गर्ने भएको छ। यहाँका विपन्न घरपरिवारका छोराछोरीले प्राविधिक शिक्षामा सहज पहुँच हुने गाउँपालिकाका उपाध्यक्ष सितली रोकायाले बताए।
बहुप्राविधिक शिक्षालय स्वीकृत गराउन जग्गा निःशुल्क प्रदान हुने व्यवस्था मिलाइएको थियो। समन्वयको जिम्मेवारी पालिकाले लिने र विपन्न नागरिकका छोराछोरीलाई गाउँमै प्राविधिक शिक्षा प्रदान गर्दा राहत पुग्नेलगायत समस्या दर्शाएपछि यो ठूलो उपलब्धि हासिल भएको गाउँपालिकाले जनाएको छ।
के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?