मध्यपहाडी लोकमार्ग सुधार्न जनप्रतिनिधि नै आन्दोलनमा

मध्यपहाडी लोकमार्ग सुधार्न जनप्रतिनिधि नै आन्दोलनमा
+
-

पोखरा – मध्यपहाडी (पुष्पलाल लोकमार्ग) अन्तर्गत बाग्लुङको काँठेखोला गाउँपालिका क्षेत्रको २५ किलोमिटर सडकको अवस्था कन्तविजोग छ।

२०५६ सालमा पश्चिम क्षेत्रलाई बाग्लुङ बजारसँग जोड्न सडक खन्दा स्थानीय खुशी थिए। पछि त्यही सडक मध्यपहाडी लोकमार्गमा समेटिएपछि द्रुत गतिमा काम हुने विश्वासले फुरुङ्ग थिए स्थानीय। तर, सडकको अवस्था ट्र्याक खनेको झन्डै २५ वर्षसम्म सुधार हुन सकेको छैन।

मध्यपहाडी लोकमार्गको अरु खण्ड कालोपत्रे भएर सरर मोटर गुड्दासमेत काँठेखोलाको घोडाबाँधेसम्म हिउँदमा बुङबुङ्ती धुलो उड्छ बर्खामा हिलोको सास्ती छ।

ठेकेदारको चरम लापरवाही र सरोकारवाला मुकदर्शक हुँदा सडक सुधार हुन नसकेको भन्दै काठेखोला गाउँपालिकाका जनप्रतिनिधि नै विरोधमा उत्रिएका छन्। आइतबार काठेखोलाका जनप्रतिनिधिले ४ घण्टासम्म सडक अवरुद्ध पार्दै दबाब दिएका छन्। गाउँपालिकाका अध्यक्ष राजु थापा नेतृत्वको टोलीले सडक बन्द गरेको हो।

सडक सुधार गर्नलाई दबाबस्वरुप जनप्रतिनिधि नै आन्दोलनमा उत्रिएको काठेखोला गाउँपालिकाका प्रवक्ता टीकासंगम विकले बताए। उनका अनुसार फागुन २ गतेसम्म सडक सुधार गर्ने समय दिइएको छ। ‘त्यतिबेलासम्म पनि सडक सुधार भएन भने थप आन्दोलनका कार्यक्रम हुनेछ’, उनले भने।

 

मध्यपहाडीअन्तर्गत बागलुङको काठेखोला गाउँपालिकामा २५ किलोमिटर सडकलाई २ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। तर दुवैतर्फको काम पूरा भएको छैन।

उपल्लोचौरदेखि अक्षते बिहुँखण्डको १३ किलोमिटर भारत सिद्धिसाई जेभी र बिहुँदेखि घोडाबाँधेसम्मको १२ किलोमिटर एमपी एससीएफ इसीसी जेभीले ठेक्का लिएका थिए। दुवैतर्फको ठेक्काको म्याद सकिएको छ। यस्तै, बिहुँदेखि घोडाबाँधे खण्डको ठेक्का तोडेर पनि निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?