विश्वकप लिग-२ र क्यानडासँगको सिरिजका लागि छुट्टा-छुट्टै टोलीको घोषणा

विश्वकप लिग-२ र क्यानडासँगको सिरिजका लागि छुट्टा-छुट्टै टोलीको घोषणा
+
-

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले महत्वपूर्ण दुई अन्तराष्ट्रिय प्रतियोगिताक लागि राष्ट्रिय टोलीको घोषणा गरेको छ। घरेलु मैदानमा हुने क्यानडाविरूद्धको एकदिवसीय सिरिज तथा नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीचको आइसिसी विश्वकप लिग-२ को पहिलो श्रृंखलाका लागि छुट्टा-छुट्टै राष्ट्रिय टिमको घोषणा गरेको हो।

क्यानडाविरुद्ध माघ २५ देखि २९ गतेसम्म तीन खेलको एकदिवसीय सिरिज हुने कार्यतालिका रहेको छ। त्यसपछि नेपाल, नेदरल्यान्ड्स र नामिबियाबीच आइसिसी विश्वकप लिग-२ को खेल हुने कार्यतालिका रहेको छ। लिग-२ का खेलहरु ३ फागुन देखी १३ सम्म सञ्चालन हुने छ।

क्यानडाविरुद्धको खेलका लगि यू-१९ टिमका कप्तान देव खनाल र अनिल साहले राष्ट्रिय टिममा पुनरागमन गर्दा चोटका कारण यू-१९ विश्वकप गुमाएका हेमन्त धामीलाई पनि राष्ट्रिय टिममा समावेश गरिएको छ। प्रधानमन्त्री कपमा उच्च प्रदर्शन गरेका रिजन ढकाल र सूर्य तामाङले क्याडनाविरुद्धको टोलीमा राखिएको छ। त्यस्तै यू-१९ विश्वकपमा उच्च प्रदर्शन गरेका तीव्र गतिका बलर आकास चन्दलाई पनि राष्ट्रिय टोलीमा समेटिएको छ। समग्रमा रिजन, हेमन्त र आकाशले पहिलो पटक राष्ट्रिय टोलीमा अवसर पाएका हुन्।

लिग-२ र क्याडनाविरुद्धको सिरिजका लागि पवन सर्राफ राष्ट्रिय टिममा फर्किदा सूर्य तामाङ र रिजन ढकालले पनि टिममा अवसर पाए। टोलीका बाँकी खेलाडीहरु भने राष्ट्रिय टिममा यसअघिका नियमित सदस्यहरुनै रहेका छन्। कप्तान रोहित पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, ललित राजवंशी र सोमपाल कामी दुवै टिममा छन्। करण केसी, दीपेन्द्रसिंह ऐरी र अर्जुन साउद लिग-२ टिममा मात्र रहेका छन्।

यस्तो छ टोली

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?