इंग्लिस प्रिमियर लिग: चेल्सी वल्भेससँग स्तब्ध, म्यानयूको वेस्टह्याम माथि सहज जित

इंग्लिस प्रिमियर लिग: चेल्सी वल्भेससँग स्तब्ध, म्यानयूको वेस्टह्याम माथि सहज जित
+
-

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी वल्भेससँग ४-२ ले स्तब्ध बनेको छ। जारी सिजन चेल्सीको यो २३ खेलमा दसौं हार हो। त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० ले हरायो।

आइतबार राति भएको खेलमा चेल्सीलाई स्तब्ध बनाउने क्रममा वल्भेसका म्याथ्युज कुनहाले ह्याट्रिक गर्दै टोलीलाई सानदार पुनरागमन जित दिलाए। खेलमा चेल्सीले १९ औं मिनेटमा कोली पाल्मरको गोलमार्फत अग्रता लिएको थियो। थर माउरिसियो पोचिन्टिन्होको चेल्सी विरुद्ध वल्भेसले म्याथ्युजको गोलमार्फत २२ औं मिनेटमा बराबरी गोल फर्कायो। पहिलो हाफमानै वल्भेसलाई अग्रता दिलाउन चेल्सीका एक्सेल डियासीले ४३ औं मिनेटमा आत्माघाती गोल गरेका थिए।

पहिलो हाफमा २-१ को अग्रता बनाएको वल्भेसका लागि म्याथ्युजले ६३ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दा उनले ८२ औं मिनेटमा ह्याट्रिक पुरा गर्दै टिमलाई ४-१ को अवस्थामा पुर्याए। यद्यपि चेल्सीका थिएगो सिल्भाले ८६ औं मिनेटमा गोल गरेपनि अङ्क खोस्न पर्याप्त भएन। हारसँगै चेल्सी ३१ अङ्कका साथ ११ औं स्थानमा धकेलिएको छ।

त्यस्तै अर्को खेलमा म्यानचेस्टर युनाइटेडले वेस्टह्यामलाई ३-० ले पराजित गर्यो। युनाइटेडको जितमा अलेजान्ड्रो गार्नाचोले दुई गोल गर्दा रामुस होजलुन्डले थप एक गोल गरेका थिए। जितसँगै युनाइटेड ३८ अङ्कका साथ छैटौं स्थानमा रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?