पल्सर स्पोर्टस अवार्ड: वर्ष यूवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजानिक, को-को छन् दाबेदार?

पल्सर स्पोर्टस अवार्ड: वर्ष यूवा खेलाडी र प्रशिक्षकको मनोनयन सार्वजानिक, को-को छन् दाबेदार?
+
-

काठमाडौं- नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आगामी २८ माघमा हुने पल्सर स्पोर्टस अवार्डका लागि वर्ष उत्कृष्ट यूवा खेलाडी र प्रशिक्षकको प्रारम्भिक मनोनयन सार्वजानिक गरेको छ।

मंगलबार सार्वजानिक गरिएको मनोनयमा यूवा खेलाडीमा ३ महिला खेलाडीले प्रारम्भिक सूचिमा स्थान बनाउँदा प्रशिक्षक तर्फ भने एकमात्र महिला प्नशिक्षक मनोनयनमा परेकी छिन्। मञ्चले पहिलो चरणमा दुवै विधामा उत्कृष्ट ८ जनालाई समावेश गरेको छ।

मञ्चले विगतमा चार विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गर्दै आएको थियो। यस पटकदेखि नयाँ प्रयोग थालेको हो। वर्षभर उत्कृष्ट प्रदर्शन गर्ने बढीभन्दा बढी खेलाडीहरूलाई स्पोर्टस अवार्डमा समेट्ने उद्देश्यले यो प्रयोग गरिएको हो।

मनोनयनमा परेका आठ जनाबाट उत्कृष्ट तीनको छनोट केही दिनमा सार्वजनिक गरिने मञ्चले जनाएको छ। अन्तिम मनोनयन सूचीमा परेका तीनमध्येबाट कार्यक्रमको दिन विजेता चयन गरिने आयोजकले जानकारी दियो।

वर्षका यूवा खेलाडी मनोनयनमा राममाया बुढा (एथलेटिक्स),  सुष्मा तामाङ (बक्सिङ), सुजाता तामाङ (फुटबल), युनेश बुढाथोकी (फुटबल), विजय बाटा (बक्सिङ), देव खनाल (क्रिकेट), दीपेश कँडेल (क्रिकेट), सद्भाव आचार्य (गल्फ) परेका छन्।

त्यस्तै वर्षका उत्कृष्ट प्रशिक्षकको मनोनयनमा चन्द्र गुरुङ (एथलेटिक्स),  दीपक महर्जन (बक्सिङ), भगवती रानामगर (फुटबल), अनन्त थापा (फुटबल), भरत शाह (भलिबल), ओङ्देन लामा (पौडी), जगत टमाटा (क्रिकेट) र मोन्टी देशाई (क्रिकेट) परेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?