तस्बिरमा हेर्नुहाेस् ब्रिटिस-गाेर्खा भूतपूर्व सैनिक संगठनकाे प्रदर्शन

तस्बिरमा हेर्नुहाेस् ब्रिटिस-गाेर्खा भूतपूर्व सैनिक संगठनकाे प्रदर्शन
+
-

काठमाडौं- ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)ले सर्वोच्च अदालतले अन्यायमा पर्दै आएका ब्रिटिस गोर्खा सैनिकहरुको पक्षमा गरेको फैसलालाई सरकारले कार्यान्वयन नगरेको भन्दै यसबिरुद्ध प्रदर्शन गरेको छ।

पूर्व गोर्खा सैनिकहरुले बुधबार राजधानीको शान्तिबाटिकामा गरेको प्रदर्शनमा गत वर्ष माघ २४ गते फैसला भई नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश जारी भएको र हाल फैसला कार्यान्वयनको प्रकृतिमा फैसला कार्यान्वयन निदेर्शनालय मार्फत प्रकृया अघि बढे पनि कार्यान्वयन नभएको भन्दै विरोध गरेका हुन्।

संगठनका अध्यक्ष पदमसुन्दर लिम्बुका अनुसार बिगेसोको अनवरत लडाइँको कारण कम्तिमा नेपालको न्यायलयले आफ्ना आवाजहरु सुनेको र कार्यान्वयनका लागि कानुनी बाटो खोलिदिएको तर यसका लागि अघि नबढेको बताए।

९ नोभेम्बर १९४७ को गोर्खा भर्ति सम्बन्धि त्रिपक्षीय सन्धि खारेजीको माग राखेर बिगेसोले अदालतमा मुद्दा जितेको र त्यसलाई कार्यान्वयनका लागि बलियो कानुनी आधार खुलेको भए पनि एक वर्षदेखि यो थाती रहेको छ।

नेपालमा नयाँ व्यवस्था आएपछि १९५० देखिका असमान सन्धि–सम्झौताहरु खारेजसँगै ब्रिटिस भर्ति केन्द्रमा पनि पुनर्विचार हुनुपर्ने हो तर देशमा शासकहरु उस्तै हुँदा कार्यान्वयनको शंका रहेको अभियन्ताहरुले आन्दोलनका क्रममा बताएका थिए।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’