भक्तपुरको न्यातपोल र दरवार क्षेत्रमा माधव नारायणको आरधना(तस्बिरहरू)

भक्तपुरको न्यातपोल र दरवार क्षेत्रमा माधव नारायणको आरधना(तस्बिरहरू)
+
-

देशभरका विभिन्न स्थानमा रहेका नारायण मन्दिरहरूमा ब्रतालुले एक महिने माधव नारायण मेलामा पूजा गर्ने क्रम चलिरहेको छ।

यसै क्रममा भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा पनि भक्तजनले चिसो पानीमा डुबुल्की मार्दै माधव नारायण आराधाना गरिरहेका छन्।

हनुमानघाटस्थित त्रिवेणी धाममा स्नान गरी, सूर्यलाई अर्घ दिइन्छ। शुक्रबार भक्तजनले न्यातपोल मन्दिर र दरवार क्षेत्रको परिक्रमा गरेका छन्।

नेपाल संवतको आठौं शताब्दीदेखि सुरु भएका एक महिने माधवनारायण ब्रत एवं मेला हरेक वर्ष पौषशुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्छ।

माधवनारायणको ब्रत बस्ने व्यक्तिले व्रत सुरु हुनु अघिल्लो दिनदेखि निराहार बस्नुपर्ने, बिहानै त्रिवेणीमा स्नान गरी चोखो जल तथा पूजा सामाग्रीले पूजा गर्नुपर्ने, शङ्ख जल ग्रहण गरी मन्त्रोच्चारण गर्नुपर्ने, शङ्ख जल ग्रहण गरेपछि कसैलाई छुन नहुने तथा जुत्ता लगाउन नहुने परम्परा रहेको छ।

ब्रतालुहरुले माघ शुक्ल पूर्णिमाको दिन विहान त्रिवेणी खोलामा आएर स्नान गरि माधवनारायणको पुजा गरेर होम आहुती गरेपछि भक्तपुर नगरका बिभिन्न देवालयहरुको परिक्रमा गरेर भूपतिन्द्र मल्लको मूर्तिमा ईन्द्रकलश चढाएर ब्रत समापन गर्ने परम्परा रहेको छ।

तस्बिरहरू:

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’