समुदायसँग स्वास्थ्य सवाल कार्यक्रम

समुदायसँग स्वास्थ्य सवाल कार्यक्रम
+
-

सिमकोट – समुदायसँग स्वास्थ्य सवाल कार्यक्रम सञ्चालन गरिएको छ। प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न समुदायको भूमिका पनि महत्वपूर्ण हुने भएकाले गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा यो कार्यक्रम सञ्चालनमा ल्याइएको हो।

समुदाय स्तरमा सेवाग्राहीलाई प्रभावकारी सेवा प्रदान गर्न स्वास्थ्य सवाल कार्यक्रम प्रत्येक वडास्तरमा गर्न सुरु गरिएको स्वास्थ्य शाखाका प्रमुख बलिराज शाहीले जानकारी दिए।

यो कार्यक्रम बिनाबजेट स्वास्थ्यकर्मीको नियमित बैठकले तय गरेर कार्यान्वयनमा ल्याएको हो। स्वास्थ्य सवाल कार्यक्रममा उठाइने विषयमा स्थानीय भाषामा आमा सुरक्षा कार्यक्रम, खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, औषधिको समुचित प्रयोग, खुला दिसामुक्त बस्ती तथा सरसफाइ कार्यक्रमको स्थानीय सेवाग्राहीले बुझ्ने गरी स्वास्थ्य सन्देश वाचन गर्ने गरिन्छ।

सकारात्मक प्रभाव स्वास्थ्य संस्थाबाट प्रवाह हुने, स्वास्थ्य संस्थाबाट सेवाग्राहीले जानकारी पाउने, आफ्ना स्वास्थ्य संस्थाले प्रगति प्रतिवेदनबारे थाहा हुने, खोप लगाउने संख्या वृद्धि हुने, संस्थागत सुत्केरीको दर वृद्धि गर्ने, अहिले औषधिको अन्टिबायोटिक रेजिस्टेन्ट र अनावश्यक औषधिको प्रयोगबारे सेवाग्राहीले जानकारी पाउने, नियमित खोप लगाउने चेतना जाग्ने विश्वास सवाल कार्यक्रमबाट लिइएको छ।

त्यसैगरी सेवाग्राहीबाट धेरै अपेक्षा संकलन हुने गरेका छन्। स्वास्थ्य सवाल कार्यक्रममा सेवाग्राहीबाट आउने जिज्ञासाको जवाफ स्वास्थ्य चौकी प्रमुख, स्वास्थ्य चौकी व्यवस्थापन समिति, स्वास्थ्य शाखा प्रमुखबाट दिने गरिएको छ।

विशेष गरी कार्यक्रममा स्वास्थ्य संस्थाको प्रगति विवरण प्रस्तुति, स्वास्थ्य सवाल, जवाफ र स्थानीय भाषामा स्वास्थ्य सन्देश प्रवाह गर्ने गरिएको छ।

यो कार्यक्रमका लागि गर्भवती महिला, खोप लगाउने बालबालिका र बालबालिकाका अभिभावक, नियमित औषधि सेवन गर्ने सेवाग्राही, पोषण सेवाग्राही, परिवार नियोजन सेवाग्राही, महिला स्वास्थ्य स्वयंसेविका, सामाजिक अगुवा, स्वास्थ्य संस्था व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, जनप्रतिनिधि र भिआइएस सेवाग्राहीको रहने गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?