पूर्व अध्यक्ष श्रेष्ठलाई नसमेटेको भन्दै फोनिजको विरोधका कारण स्थगित भयो ‘अग्र अनुहार’को विमोचन

पूर्व अध्यक्ष श्रेष्ठलाई नसमेटेको भन्दै फोनिजको विरोधका कारण स्थगित भयो ‘अग्र अनुहार’को विमोचन
+
-

काठमाडौं- नेपाल पत्रकार संघदेखि महासंघसम्मका विषय समेटेर तयार पारेको पुस्तक ‘अग्र अनुहार: कथा अग्रजको, गाथा महासंघको’ विमोचन कार्यक्रम स्थगित भएको छ।

पूर्व अध्यक्ष सत्यनारायण श्रेष्ठलाई उक्त पुस्तकमा नसमेटेको भन्दै आइतबार नसमेटेको भन्दै पर्यटन बोर्डको सभाकक्ष, भृकुटीमण्डपमा सुरु भएको विमोचन समारोहमा फोनिजले नारावाजी गर्दै विरोध जनाएको हो।

उक्त पुस्तकमा सबै पूर्व अध्यक्षको बारेमा लेखिएको भए पनि २००८ साल तिरका अध्यक्ष रहेका श्रेष्ठको बारेमा नसमेटिएपछि जनजाति पत्रकार संघ (फोनिज) ले विमोचन समारोहमा पुस्तक खोस्दै विरोध जनाएको हो ।

नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले निकालेको उक्त पुस्तक आज सभामुख देवराज घिमिरे र सञ्चारमन्त्री रेखा शर्माको आतिथ्यता विमोचन गर्ने कार्यक्रम थियो।

यसअघि नै फोनिजले विरोध जनाएको थियो। तर विरोधका वावजुद पनि पुस्तक विमोचन हुन लागेको उक्त समारोहमा सञ्चारमन्त्री र सभामुख भने उपस्थित थिएनन्।

यस पुस्तकका विषयमा पत्रकार महिलाहरूले पनि पत्रकारिता क्षेत्रमा महिलाको इतिहास नसमेटिएको भन्दै आलोचाना गरेका छन्।

थप तस्बिरहरू:

 

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?