पीडितको आँसुले शासकलाई पोल्छ: दुर्गा प्रसाईँ

पीडितको आँसुले शासकलाई पोल्छ: दुर्गा प्रसाईँ
+
-

काठमाडौँ – मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईँले मिटरब्याज पीडितहरुको आँसुले शासकहरुलाई पोल्ने उल्लेख गर्दै सात पुस्तासम्म यसले असर गर्ने बताएका छन्।

आफू नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’को कार्यक्रम सुरु गर्दै उनले १ लाख मानिसले नागरिकता त्यागेको उल्लेख गर्दै नेपालीले दुइटा नागरिकता राख्न पाउनुपर्ने बताए। राजधानीको भृकुटीमण्डपमा दियो बालेर महाअभियानको पहिलो वार्षिकोत्सव कार्यक्रम सुरु भएको हो।

कार्यक्रममा नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीसहित एउटा विशेष समुदायका विभिन्न व्यापारिक ग्रुपको नाम लिएर देश डुबाउन उनीहरु संलग्न रहेको आरोप लगाएको भिडियो पनि सार्वजनिक गरिएको थियो।

दुबोको माला लगाएर आएका प्रसाईँले बम्बईको कोठीबाट बेचिएका चेलीबेटीलाई बचाउने प्रधानमन्त्री यो देशमा चाहिएको उनले बताए। तस्करहरुलाई घुँडा भाँचेर अस्पतालमा राख्नुपर्ने पनि उनले बताए। आफ्नो अभियानले हारे नेपालीहरुले सडकमा पुग्नुपर्ने दाबी उनले गरे।

उनले ७० प्रतिशत काठमाडौँका दोकान बन्द हुने भनी आफूले भनेको पूरा भएको पनि बताए। बैँकहरु मिटर ब्याजमा परिणत भएको आरोप पनि उनको थियो। ‘सर्वहारा मान्छे र भुइँमान्छेको आवाज बाहिर ल्याउँदा कालो मोसो दल्छौ भनी जति दल्छौ दल’ भनी उनले युवासंघलाई चुनौती पनि दिए।

फागुन ३ गतेदेखि आन्दोलनका कार्यक्रम घोषणा गर्ने उनले बताएका छन्।

प्रसाईंले संघीयता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्र कायम गर्नुपर्ने, २०४७ को संविधान लागू गर्नुपर्ने, बैंक तथा वित्तीय संस्थाहरूलाई राष्ट्रियकरण गर्नुपर्ने मागसहित अर्को चरणको आन्दोलन गर्न लागेका हुन्।

प्रसाईंले काठमाडौंको टुँडिखेलमा कार्यक्रम गर्ने तयारी गरे पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनका लागि टुँडिखेल उपलब्ध गराउन नसकिने बताएका थिए।

श्रेष्ठले प्रसाईंलाई सोमबार टेलिफोन गरेर सरकारविरुद्धको आन्दोलनको लागि राजधानीको टुँडिखेलमा स्थान दिन नसक्ने बताएका थिए। यसअघि प्रसाईं समूहले गत मङ्सिर ७ गते काठमाडौँको बल्खुमा कार्यक्रम गरेको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?